Vacancy – WDC 3rd Batch Samunnati

डिप्रोक्स–नेपाल एक राष्ट्रिय स्तरको गैर सरकारी संस्था हो । यस संस्थाले नेपालका विभिन्न भौगोलिक क्षेत्रमा विविध विषयगत क्षेत्रमा काम गरिरहेको छ । हाल यस केन्द्रद्धारा Jersey Overseas Aid (JOA) को आर्थिक सहयोग र Practical Action को अगुवाईमा “Empowering Women Farmers with Digital Finance, Nepal” (समुन्नति डिजिटल फाईनान्स परियोजना) दाङ्ग जिल्लाको दंगीशरण र शान्तिनगर गाउँपालिका, रोल्पा जिल्लाको रुन्टीगढी, थवाङ, परिवर्तन र त्रिवेणी गाउँपालिका र रुकुम पूर्वको भुमे र पुथा उत्तरगंङ्गा गाउँपालिकाहरुमा सञ्चालन भैरहेको छ । सो परियोजनाका लागि काम गर्न महिला डिजिटल च्याम्पियनहरुको आवश्यकता भएकोले देहाय बमोजमको योग्यता तथा अनुभव पुगेका इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आव्हान गरिएको छ ।
काम गर्नुपर्ने क्षेत्रहरुः

  • दाङ्ग जिल्लाकोः दंगीशरण गाउँपालिका (वडा नं. ३, ४, ५ र ६) र शान्तिनगर गाउँपालिका (वडा नं. २, ३, ४, ५, ६ र ७)
  • रोल्पा जिल्लाको रुन्टीगढी गाउँपालिका (वडा नं. ४, ५, ६ र ९), थवाङ गाउँपालिका (वडा नं. १, २ र ३), परिवर्तन गाउँपालिका (वडा नं. ३, ४, ५ र ६) र त्रिवेणी गाउँपालिका (वडा नं.२, ३, ४, ५ र ६)
  • रुकुम पूर्वको भुमे गाउँपालिका (वडा नं. २ र ३) र पुथा उत्तरगंगा गाउँपालिका (वडा नं. १०)

पदः महिला डिजिटल च्याम्पियन (Women Digital Champion), संख्या( ३५

गर्नुपर्ने कार्य:
  • महिला, समुह, सहकारी र महिला नेटर्वकहरुबाट विद्युतीय वित्तीय साक्षरता तालिम सञ्चालन गर्न समूह छनौटका लागि सहयोग,
  • साना किसानहरुलाई विद्युतीय वित्तीय साक्षरता तालिम सञ्चालन,
  • महिला सशक्तीकरणसँग सम्बधित समूह कार्य तथा घरधुरी सम्वाद कार्यक्रम सञ्चालन
  • महिला कृषकहरुको उद्यम विकासका लागि सहजीकरण,
  • विद्युतीय वित्तीय साक्षरता तालिमका सहभागीहरुलाई विद्युतीय प्रविधिको प्रयोग गर्न सहजीकरण,
  • विद्युतीय वित्तीय साक्षरता तालिमका सहभागीहरुलार्ई मोवाइल वालेट ष्लकतबिि गर्न र प्रयोग गर्न सहयोग,
  • महिला किसानहरुलाई उपयुक्त वित्तीय सेवाहरुमा पहँुच विस्तार गर्नको लागी चेतना तथा क्षमता अभिबृद्धि,
  • विद्युतीय वित्तीय साक्षरता तालिम सञ्चालन सामाग्रीहरुको उचित व्यवस्थापन,
  • परियोजनालाई आवश्यक सूचना तथा तथ्याङ्कहरु संकलन तथा हस्तान्तरण,
  • महिला समुह, सञ्जाल र सहकारीहरुको क्षमता अभिबृद्धि, सामुदायिक स्तरका सरोकारवाला निकायहरु तथा स्थानीय सरकारसँग समन्वयमा सहयोग ।
योग्यताः
  • न्यूनतम शैक्षिक योग्यता SLC/SEE उतिर्ण महिला । कुनै पनि संकायमा प्रवीणता प्रमाणपत्र तह ÷ १०+२ उत्तीर्ण गरेकालाई बिशेष ग्राहयता ।
  • तालिम सञ्चालन कार्यमा अनुभवी, सहजीकरण र सामाजिक परिचालनको शीप भएको ।
  • १८ वर्ष पुरा भएको र धेरै स्थानमा गई सहजीकरण गर्न सक्ने ।
  • समुन्नति कृषि परियोजनाले गठन गरेको समूहमा आवद्ध भएको भएमा वाञ्छनीय हुने ।
  • समुन्नति कृषि परियोजनाले गठन गरेको समूहबारे जानकार रहेको र ती लक्षित समूहहरुसँग नजिकको दूरीमा बसोवास गर्नेलाई प्राथमिकता ।
  • स्थानीय क्षेत्रमा बोलिने भाषामा दखल हुनेलाई प्राथमिकता ।
  • सामाजिक सञ्जाल लगायतका विभिन्न कृषि तथा डिजिटल वित्तीय प्रविधि (एप्स) प्रयोगको राम्रो ज्ञान भएको ।
  • महिला तथा समावेशीकरणका सवालमा जानकार एवं Women agency building, household dialogue जस्ता विषयमा सशक्तीकरण गरेको अनुभव भएकालाई ग्राह्यता ।
  • तालिम अवधि समाप्त नभए सम्म निरन्तरताको प्रतिवद्धता दिन सक्ने ।

उल्लेखित कार्य गर्न इच्छुक भई योग्यता पुगेका ब्यक्तिहरुले, आप्mनो योग्यता प्रमाणित हुने कागजात र नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि सहित [email protected] ईमेलमा वा डिप्रोक्स–नेपाल पो.व. नं १०९५३, काठमाडौंमा वा परियोजनाको कार्यालय दाङ्गमा मिति २०८०÷०९÷०१ गते कार्यालय समयभित्र आईपुग्ने गरि आवेदन दिन सक्नुहुनेछ । छोटो सूचीमा पर्न सफल उमेदवारहरुलाई मात्र लिखित र अन्तर्वार्ताका लागि सूचित गरी छनौट प्रकृयामा समावेश गरिने छ । टेलिफोन सम्पर्कलाई निरुत्साहित गरिएको छ । उमेदवारहरुको चयन गर्ने, नगर्ने वा यो सूचना खारेज गर्ने समेतको अधिकार संस्थामा निहित रहने छ । परियोजना कार्यक्षेत्र भित्रका पछाडि पारिएका समुदायका महिलाहरुलाई दरखास्त दिन प्रेरित गरिएको छ ।