Invitation for Proposal Regarding Internet Service Deployment at Project Residences

परियोजनाका घरधुरीमा इन्टरनेट सेवा पुर्‍याउने सम्बन्धी सिलबन्दी बोलपत्र आव्हान

पुन: प्रकाशित मिति : २०८० फागुन १४

Development Project Service Centre (डिप्रोक्स-नेपाल) एक गैर सरकारी संस्था हो । यस संस्थाले, Jersey Overseas Aid (JOA)] को आर्थिक सहयोग र Practical Action को अगुवाईमा Empowering Women Farmers with Digital Finance, Nepal (समुन्नति डिजिटल फाईनान्स परियोजना) दाङ्ग, रोल्पा र रुकुम पूर्वका तल उल्लेख भएका ८ स्थानीय तहहरुमा सञ्चालन गरिरहेको छ । यस परियोजनाले सेवा दिनुपर्ने ५,५०० घरधुरीमध्ये अधिकांश घरधुरीमा इन्टरनेट सेवाको पहुँच नभएको सन्दर्भमा सो सेवा उपलब्ध गराई डिजिटल प्रविधिमार्फत वित्तीय सेवा, बजारसँग सम्पर्क र सूचना सेवाको प्रयोग गर्न सक्ने अवस्थामा ल्याउनका लागि इच्छुक इन्टरनेट सेवा प्रदायकहरुबाट मिति २०८० माघ ७ गते १५ दिनको समयावधि राखी राष्ट्रिय पत्रिका कारोबार दैनिकमा सिलबन्दी बोलपत्र आह्वान गरिएको थियो । उक्त सूचनाका आधारमा एउटा मात्र रीत पुगेको प्रस्ताव पेश हुन आएकोले सोही कामको लागि पुन: यो सूचना प्रकाशित गरिएको छ । योग्य र ईच्छुक इन्टरनेट सेवा प्रदायकहरुले तल उल्लेखित विषयहरु खुलाई डिप्रोक्स(नेपाल पो.व.नं १०९५३, काठमाडौं वा परियोजनाको कार्यालय दाङ्गमा २०८०/११/२० गते कार्यालय समयभित्र सिलबन्दी बोलपत्र पेश गर्न सक्नुहुनेछ । प्रथम पटक प्रकाशित सूचना अनुसार रीतपूर्वक बोलपत्र पेश गरेको बोलपत्रदाताहरुको हकमा भने वित्तीय प्रस्ताव मात्र पेश गरे पुग्नेछ । पहिले धरौटी रकम बुझाएकाले पुन: धरौटी रकम बुझाउनुपर्ने छैन ।

स्थानीय तह घरधुरी संख्या
दंगीशरण, दाङ्ग ९२०
शान्तिनगर, दाङ्ग ९५०
रुन्टीगढी, रोल्पा ५००
थवाङ, रोल्पा ६००
परिवर्तन, रोल्पा ८५०
त्रिवेणी, रोल्पा ७२०
भुमे, रुकुम पूर्व ६६०
पुथा उत्तरगंगा, रुकुम पूर्व ३००

१. दाङ्ग, रोल्पा र रुकुम पूर्वमा कुनै न कुनै किसिमको इन्टरनेट सेवा दिएको कुनै प्रमाण संलग्न ।
२. परियोजनाले सेवा दिएका/दिने स्थानीय तह र मोटामोटी घरधुरी संख्या दायाँ तालिकामा उल्लेख छ ।
यी मध्ये कति स्थानीय तहका कति कति घरपरिवारलाई सेवा दिन इच्छुक रहेको हो खुलाई प्रत्येक स्थानीय तहका लागि छुट्टाछुट्टै लागत मूल्य प्रस्ताव गर्नुपर्नेछ ।
३. परियोजनाले पहिलो चरणमा १५०० घरधुरीलाई सेवा दिने लक्ष्य राखेको छ र इन्टरनेट सेवा लिन इच्छुक घरधुरीको तथ्यांक लिने काम भइरहेको छ । यी परिवारलाई इन्टरनेट सेवा जडान गर्न र वार्षिक इन्टरनेट शुल्कमा केही अनुदान उपलब्ध गराइनेछ ।
४. सो सिलबन्दी २०८०/११/२२ मा दिनको २.०० बजे डिप्रोक्स(नेपालको कार्यालय, थापाथली, काठमाडौं र परियोजनाको कार्यालय दाङ्गमा एकैसाथ खोलिनेछ । सो दिन सार्वजनिक विदा पर्न गएमा त्यसको भोलिपल्ट सोही समयमा खोलिनेछ ।
५. एउटा फर्मले कम्तिमा ५०० घरपरिवारलाई सेवा दिने प्रतिवद्धता गर्नुपर्नेछ । परियोजनाले छनोट भएको जानकारी दिएको १ हप्ताभित्र सेवा प्रदायक कार्यालयमा आई सम्झौता गर्नुपर्नेछ । सेवा प्रदायकले तोकिएका शर्तहरुको पालना गरी सम्झौताको २ महिनाभित्र सम्म अधिकाँश घरधुरीमा सेवा जडान गर्नुपर्नेछ ।
६. सिलबन्दी बोलपत्रमा तल उल्लेखित विवरण राख्ने ।

विवरण संख्या कैफियत
इन्टरनेट प्रविधि   तारसहित वा ताररहित
स्पीड   ……. MBPS
सेवा दिने   स्थानीय तहको नाम
जडान शुल्क (१ पटक), ६ महिनाको शुल्क सहित    
६ महिनाको मासिक शुल्क   सम्बन्धित घरधुरीबाट ऐच्छिक रुपमा भुक्तानी भई नवीकरण हुने

७. सिलबन्दी बोलपत्रका साथ, निवेदक फर्मको दर्ता, नवीकरण, करचुक्ता लगायतका कानूनी कागजात एवम् प्रमाणपत्रहरु पेश गर्नुपर्ने । बोलपत्रका साथ रु ५,००,००० संस्थाको नबिल बैक लि. को खाता नं ९६०१०१७५००११० मा धरौटी स्वरुप जम्मा गरी सक्कल भौचर प्रति समेत पेश गर्नुपर्नेछ ।


माथिका विवरणहरु संलग्न नभएका वा अस्पष्ट भएका सिलबन्दीलाई प्रतिस्पर्धामा समावेश गरिने छैन । यदि आवश्यक भएमा संस्थाले आवेदकहरुवीच काम विभाजन गरी सम्झौता गर्न सक्नेछ । फर्मको छनोट गर्ने नगर्ने वा यो सूचना खारेज गर्ने समेतको अधिकार संस्थामा निहित रहने छ ।
सम्पर्क: डिप्रोक्स–नेपाल, थापाथली ,काठमाडौ, फोन नं: ०१—५३३०१७५, ०१—५३४४७२३, पोष्ट बक्स १०९५३