Vacancy of Community Trainers (Short Course)

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएस्एआइडी) को सहयोगमाविनरक इन्टरनेशनललेकृषि क्षेत्रको समुत्थान, समावेशीकरण र आय वृद्धिमा दिगोपना ल्याउने उद्देश्यका साथ नेपालमा ज्ञानमा आधारित एकीकृत दिगो कृषि (किसान) २ परियोजना ४ वटा प्रदेशका २५ जिल्लाहरुमा सञ्चालन गरिरहेको छ । यस परियोजनाको व्यावसायिक साक्षरता सम्भागले२ महिना लामो तालिमको चौथो चरणमा तल उल्लेखित क्षेत्रभित्रका २९६ स्थानमा बसोबास गर्ने छ हजार पाँच सय भन्दा बढी सहभागीहरुलाई कृषि व्यवसाय विकासकालागि विभिन्न विषयहरुमा तालिम प्रदान गरी ब्यवसायमा अग्रसर गराउंदैछ ।

प्रदेश जिल्ला गाउँपालिका, नगरपालिका र उपमहानगरपालिका । वडा नं. हरु कोष्ठमा राखिएको ।
मकवानपुर हेटौंडा उपमहानगरपलिका (१७), मकवानपुरगढी गाउँपालिका ( ३), मनहरी नगरपालिका (९), थाहा नगरपालिका (६ र ९), ईन्द्रसरोवर गाउपालिका (४)
काभ्रे पाँचखाल नगरपालिका (२ र ६) पनौती नगरपालिका (१, ५र ८), बनेपा नगरपालिका (५), धुलिखेल नगरपालिका (८) , मन्डनदेउपुर नगरपालिका (११)
नुवाकोट लिखु गाउँपालिका (५ र ६), शिवपुरी गाउँपालिका (५ र ८), पञ्चकन्या गाउँपालिका (५), ककनी गाउँपालिका (१, २ र ६), वेलकोटगढी नगरपालिका (१३)
कपिलबस्तु बाणगंगा नगरपालिका (२, ३, ४, ५, ६ र ११ )
पाल्पा तानसेन (१२,१३ र १४),बगनासकाली गाउँपालिका (वडा नं.५,७ र ८), माथागढी गाउँपालिका (२), तिनाउ गाउँपालिका (५), रैनादेबी गाउँपालिका (५)
अर्घाखाँची शितगंगा नगरपालिका ( १,२,३ र ४)
दाङ्ग दंगीशरण गाउँपालिका (३ र ६) शान्तिनगर गाउँपालिका (५ र ७) तुलसीपुर उप महानगरपालिका (१२,१३ र १६) घोराही उप महानगरपालिका (२,६,७ र ८)
रोल्पा गंगादेव गाउँपालिका (२,३,४,५,६ र ७)
बाँके बैजनाथ गाउँपालिका (३, ५, ७, ८), कोहलपुर नगरपालिका (१३, १५), राप्ती सोनारी गाउँपालिका (६, ७, ८), खजुरा गाउँपालिका (३)
बर्दिया गुलरिया नगरपालिका (१२), बाँसगढी नगरपालिका (४ र ६ं), बारबर्दिया नगरपालिका (४)
सुर्खेत वीरेन्द्रनगर नगरपालिका (१,२,९,१०,११,१२,१३,१४ र १५) गुर्भाकोट नगरपालिका (६,७,८ र १३) भेरीगंगा नगरपालिका (४,५,११ र १२)
दैलेख गुराँस गाउँपालिका (४,५,६,७ र ८), नारायण नगरपालिका (२,३,६,७,१०), डुँगेश्वर गाउँपालिका (२,३,६)
कैलाली गोदावरी नगरपालिका (६, ८), कैलारी गाउँपालिका (२, ३, ४, ५ र ६), धनगढी उपमहानगर पालिका (१९)
कञ्चनपुर शुक्लाफाँटा नगरपालिका (२, ७),लालझाँडी गाउँपालिका (४)
डडेलधुरा अमरगढी नगरपालिका(१,३,७ र ११), भागेश्वर गाउँपालिका (४), गन्यापधुरा गाउँपालिका (१,२ र ३)
वैतडी सुर्नया गाउँपालिका (६), पाटन नगरपालिका (८,९ र १०)

यस ब्यावसायिक तालिम दिनका लागि आंशिक समयमा काम गर्ने गरी केही सामुदायिक प्रशिक्षकको आवश्यकता भएकाले देहाय बमोजिमको योग्यता तथा अनुभव पुगेका इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आव्हान गरिएको छ ।

मुख्य काम, कर्तव्य र जिम्मेवारीन्यूनतम योग्यता क्षमता
  • सहभागीहरुको छनौटका लागि सहजीकरण गर्ने ।
  • स्थानीयस्तरमा२ महिना (दैनिक २ घण्टा, शनिवारबाहेक) व्यावसायिक साक्षरता तालिम सञ्चालन गर्ने ।
  • तालिमको अघि र पछि सहभागीहरुको परीक्षा लिने ।
  • ब्यवसाय विकासका लागि सहभागीलाई सहजीकरण गर्ने ।
  • अनुगमन, मूल्याङकन र अध्ययनमा सहयोग, समन्वय ।
  • प्रविणता प्रमाण पत्र तह वा सो सरह उत्तिर्ण
  • अन्य संस्थामा पूर्णकालिन रुपमा कार्यरत नरहेको ।
  • ब्यावसायिक कार्यमा सहजीकरण गर्न सक्ने ।
  • सामाजिक परिचालन र कम्प्युटर एप्लिकेसनमा दक्षता।
  • विगतमा सामुदायिक प्रशिक्षक वा स्थानीय स्रोत व्यक्तिको रुपमा काम गरेका र सम्बन्धित वडाका उमेदवारहरुलाई ग्राहयता ।

माथिको योग्यता र क्षमता भएका इच्छुक ब्यक्तिहरुले निवेदन, आप्mनो योग्यता प्रमाणित हुने कागजात र नेपाली नागरिकताको प्रतिलिपि सहित [email protected] वा डिप्रोक्स नेपाल पो.व. नं १०९५३, काठमाण्डौं वा किसान २ परियोजनाका केन्द्रिय, क्षेत्रीय, क्लस्टर र एरिया कार्यालयहरुमा२०७६।०८।२९कार्यालय समयभित्र आवेदन दिन सक्नुहुनेछ । प्रारम्भिक सूचीमा पर्न सफल उमेदवारहरुलाईमात्र लिखित र अन्तर्वार्ताका लागि सूचित गरी छनौट प्रक्रियामा समावेश गरिनेछ । टेलिफोन सम्पर्कलाई निरुत्साहितगरिएको छ । उमेदवारहरुको चयन गर्ने वा नगर्ने वा यो आवश्यकता सम्बन्धी सूचना खारेज गर्ने समेतको अधिकार संस्थामा निहित रहने समेत जानकारी गराइन्छ । महिला र पछाडी पारिएका समुदायका उमेदवारहरुलाई प्रेरित गरिनेछ ।