Vacancy notice of CT fifth batch

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएस्एआइडी) को सहयोगमाविनरक इन्टरनेशनललेकृषि क्षेत्रको समुत्थान, समावेशीकरण र आय वृद्धिमा दिगोपना ल्याउने उद्देश्यका साथ नेपालमा ज्ञानमा आधारित एकीकृत दिगो कृषि (किसान) २ परियोजना ४ वटा प्रदेशका २५ जिल्लाहरुमा सञ्चालन गरिरहेको छ । यस परियोजनाको व्यावसायिक साक्षरता सम्भागले२ महिना लामो तालिमको पाँचौंचरणमा तल उल्लेखित क्षेत्रभित्रका ३१० स्थानमा बसोबास गर्ने छ हजार पाँच सय भन्दा बढी सहभागीहरुलाईकृषि व्यवसाय विकासका लागि विभिन्न विषयहरुमा तालिम प्रदान गरी ब्यवसायमा अग्रसर गराउंदैछ ।

प्रदेश जिल्ला गाउँपालिका, नगरपालिका र उपमहानगरपालिका । वडा नं. हरु कोष्ठमा राखिएको ।
बागमति प्रदेश मकवानपुर मनहरी गाउँपालिका (३, ५ र ६), थाहा नगरपालिका (६)
काभ्रे पनौती नगरपालिका (६), बनेपा नगरपालिका(३ र ४), धुलिखेल नगरपालिका (८) , मन्डनदेउपुर नगरपालिका(५ र ८), पाँचखाल नगरपालिका(३, ६ र १२)
नुवाकोट लिखु गाउँपालिका (२ र ६), शिवपुरी गाउँपालिका (७), ककनी गाउँपालिका (६),वेलकोटगढी नगरपालिका(१२ र १३) सुर्यगढी गाउँपालिका(५)
प्रदेश नं.५ कपिलबस्तु बाणगंगा नगरपालिका (२, ३,१० र ११), कपिलबस्तु नगरपालिका (१० र ११)
गुल्मी गुल्मी दरबार गाउँपालिका (१, २ र ४),चन्द्रकोट गाउँपालिका (७ र ८)
अर्घाखाँची सन्धीखर्क नगरपालिका (६), पाणीनी गाउँपालिका (६, ७ र ८)
रोल्पा रोल्पा नगरपालिका (१, २, ४, ६ र ९)
दाङ्ग घोराही उपमहानगरपालिका (५, ७, ८, ९, ११, १३ र १६), तुल्सीपुर उपमहानगरपालिका (२) दङ्गीशरण गाउँपालिका (२) शान्तिनगर गाउँपालिका (३, ४, ५, र ६)
बाँके बैजनाथ गाउँपालिका (५, ६ र ८)
बर्दिया गुलरिया नगरपालिका (६ र ८), मधुवन नगरपालिका (४) राजापुर नगरपालिका (४, ५, ६ र १०), बाँसगढी नगरपालिका (३, ४, ६ र ८), बारबर्दिया नगरपालिका (५ र १०) ठाकुरबाबा नगरपालिका (४, ५, ६, ७ र ८)
कर्णालीप्रदेश सुर्खेत गुर्भाकोट नगरपालिका (९), भेरीगंगा नगरपालिका (४, १०, ११ र १२), लेकबेशी नगरपालिका (३ र ४) वीरेन्द्रनगर (१३ र १४)
दैलेख गुराँस गाउँपालिका (२, ३, ४ र ५) डुङ्गेश्वर गाउँपालिका (६)
सुदुरपश्चिम प्रदेश कन्चनपुर भीमदत्त नगरपालिका (२, ३, ११, १२, १५, १७ र १८), बेदकोट नगरपालिका (१, ३, ६, ७ र ८), शुक्लाफाँटा नगरपालिका (७) बेलौरी नगरपालिका (१, २, ३, ४, ५, ६, ८ र १०), बेलडाँडी नगरपालिका (३), पुर्नवास नगरपालिका (२)
डढेल्धुरा अमरगढी नगरपालिका (६,८,९र१०), गन्यापधुरा गाउँपालिका (१) अजयमेरु गाउँपालिका (१ र २) अमरगढी नगरपालिका (२,३ र ७)
बैतडी पाटन नगरपालिका (४,६) दशरथचन्द नगरपालिका (१ र २ ), सुनर्या गाउँपालिका (२ र ३)

यस ब्यावसायिक तालिम दिनका लागि आंशिक समयमा काम गर्ने गरी केही सामुदायिक प्रशिक्षकको आवश्यकता भएकाले देहाय बमोजिमको योग्यता तथा अनुभव पुगेका इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आव्हान गरिएको छ ।

मुख्य काम, कर्तव्य र जिम्मेवारी न्यूनतम योग्यता क्षमता
• सहभागीहरुको छनौटका लागि सहजीकरण गर्ने ।
• स्थानीयस्तरमा२ महिना (दैनिक २ घण्टा, शनिवारबाहेक) व्यावसायिक साक्षरता तालिम सञ्चालन गर्ने ।
• तालिमको अघि र पछि सहभागीहरुको परीक्षा लिने ।
• ब्यवसाय विकासका लागि सहभागीलाई सहजीकरण गर्ने ।
• अनुगमन, मूल्याङकन र अध्ययनमा सहयोग, समन्वय ।
• प्रविणता प्रमाण पत्र तह वा सो सरह उत्तिर्ण{
• अन्य संस्थामा पूर्णकालिन रुपमा कार्यरत नरहेको ।
• ब्यावसायिक कार्यमा सहजीकरण गर्न सक्ने ।
• सामाजिक परिचालन र कम्प्युटर एप्लिकेसनमा दक्षता।
• विगतमा सामुदायिक प्रशिक्षक वा स्थानीय स्रोत व्यक्तिको रुपमा काम गरेका र सम्बन्धित वडाका उमेदवारहरुलाई ग्राहयता ।

माथिको योग्यता र क्षमता भएका इच्छुक ब्यक्तिहरुले निवेदन, आफ्नो योग्यता प्रमाणित हुने कागजात र नेपाली नागरिकताको प्रतिलिपि सहित [email protected] ।अथवा डिप्रोक्स नेपाल पो व नं १०९५३, काठमाण्डौं वा किसान २ परियोजनाका केन्द्रिय, क्षेत्रीय, क्लस्टर र एरिया कार्यालयहरुमा २०७७।०४।१२ कार्यालय समयभित्र आवेदन दिन सक्नुहुनेछ । प्रारम्भिक सूचीमा पर्न सफल उमेदवारहरुलाई मात्र लिखित र अन्तर्वार्ताका लागि सूचित गरी छनौट प्रक्रियामा समावेश गरिनेछ । टेलिफोन सम्पर्कलाई निरुत्साहितगरिएको छ । उमेदवारहरुको चयन गर्ने वा नगर्ने वा यो आवश्यकता सम्बन्धी सूचना खारेज गर्ने समेतको अधिकार संस्थामा निहित रहने समेत जानकारी गराइन्छ । महिला र पछाडी पारिएका समुदायका उमेदवारहरुलाई प्रेरित गरिनेछ ।