महिला डिजिटल च्याम्पियन को आवश्यकता
विकास आयोजना सेवा केन्द्र (डिप्रोक्स) नेपाल एक राष्ट्रिय स्तरको गैर सरकारी संस्था हो । यस संस्थाले नेपालका विभिन्न भौगोलिक क्षेत्रमा विविध विषयगत क्षेत्रमा काम गरिरहेको छ । हाल Jersey Overseas Aid (JOA) को आर्थिक सहयोग र Practical Action को अगुवाईमा “Empowering Women Farmers with Digital Finance, Nepal” (समुन्नति डिजिटल फाईनान्स परियोजना) दाङ्ग जिल्लाको दंगीशरण र शान्तिनगर गाउँपालिका, रोल्पा जिल्लाको रुन्टीगढी, थवाङ, परिवर्तन र त्रिवेणी गाउँपालिका र रुकुम पूर्वको भुमे र पुथा उत्तरगंङ्गा गाउँपालिकाहरुमा सञ्चालन भैरहेको छ । सो परियोजनाका लागी काम गर्न केही महिला डिजिटल च्याम्पियनहरुको आवश्यकता भएकोले देहाय बमोजमको योग्यता तथा अनुभव पुगेका इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आव्हान गरिएको छ ।
पदः महिला डिजिटल च्याम्पियन (Women Digital Champion)
संख्या: २१
काम गर्नुपर्ने क्षेत्रहरुः
- जिल्लाकोः दंगीशरण गाउँपालिका (वडा नं. ६) र शान्तिनगर गाउँपालिका (वडा नं. ५ र ७)
- रोल्पा जिल्लाको रुन्टीगढी गाउँपालिका (वडा नं. ५, ७ र ९), थवाङ गाउँपालिका (वडा नं. १, २ र ३), परिवर्तन गाउँपालिका (वडा नं. ३ र ४) र त्रिवेणी गाउँपालिका (वडा नं. ५ र ७)
- रुकुम पूर्वको भुमे गाउँपालिका (वडा नं. ४ र ८) र पुथा उत्तरगंगा गाउँपालिका (वडा नं. १०, ११ र १२)
गर्नुपर्ने कार्य:
- महिला, समुह, सहकारी र महिला नेटर्वकहरुबाट विद्युतीय वित्तीय साक्षरता तालिम सञ्चालन गर्न समूह छनौटका लागी सहयोग,
- साना किसानहरुलाई विद्युतीय वित्तीय साक्षरता तालिम सञ्चालन,
- महिला सशक्तीकरण सँग सम्बधित समूह कार्य तथा घरधूरी सम्वाद कार्यक्रम सञ्चालन
- महिला कृषकहरुको उद्यम विकासका लागि सहजीकरण,
- विद्युतीय वित्तीय साक्षरता तालिमका सहभागीहरुलाई विद्युतीय प्रविधिको प्रयोग गर्न सहजीकरण,
- विद्युतीय वित्तीय साक्षरता तालिमका सहभागीहरुलार्ई मोवाइल वालेट ष्लकतबिि गर्न र प्रयोग गर्न सहयोग,
- महिला किसानहरुलाई उपयुक्त वित्तीय सेवाहरुमा पहँुच विस्तार गर्नको लागी चेतना तथा क्षमता अभिबृद्धि,
- विद्युतीय वित्तीय साक्षरता तालिम सञ्चालन सामाग्रीहरुको उचित व्यवस्थापन,
- परियोजनालाई आवश्यक सूचना तथा तथ्याङ्कहरु संकलन तथा हस्तान्तरण,
- महिला समुह, सञ्जाल र सहकारीहरुको क्षमता अभिबृद्धि, सामुदायिक स्तरका सरोकारवाला निकायहरु तथा स्थानीय सरकारसँग समन्वयमा सहयोग ।
योग्यताः
- न्युनतम शैक्षिक योग्यता SLC/ SEE उतिर्ण महिला । कुनै पनि संकायमा प्रवीणता प्रमाणपत्र तह् / १०+२ उत्तीर्ण गरेका लाई बिशेष ग्राह्यता ।
- १८ वर्ष पुरा भएको र धेरै स्थानमा गई सहजीकरण गर्न सक्ने ।
- समुन्नति कृषि परियोजनाले गठन गरेको समूहमा आवद्ध भएको भएमा वाञ्छनीय हुने ।
- समुन्नति कृषि परियोजनाले गठन गरेको समूहबारे जानकार रहेको र ती लक्ष्यित समूहहरु संग नजिकको दूरीमा बसोवास गर्ने लाई प्राथमिकता दिईने । स्थानीय क्षेत्रमा बोलिने भाषामा दखल हुनेलाई प्राथमिकता दिईने ।
- तालिम सञ्चालन कार्यमा अनुभवी, सहजीकरण र सामाजिक परिचालनको शीप भएको ।
- सामाजिक सञ्जाल लगायतका विभिन्न कृषि तथा डिजिटल वित्तीय प्रविधि (एप्स) प्रयोगको राम्रो ज्ञान भएको ।
- महिला तथा समावेशीकरणका सवालमा जानकार । एवं Women agency building, household dialogue जस्ता विषयमा सशक्तीकरण गरेको अनुभव भएकालाई ग्राह्यता दिईने ।
- तालिम अवधि समाप्त नभए सम्म निरन्तरताको प्रतिवद्धता दिन सक्ने । योग्यताः
- वित्तीय÷व्यावसायिक साक्षरता सम्बन्धी काममा कम्तिमा २ वर्षको कार्य अनुभव भएको र डिजिटल वित्तीय प्रविधि प्रयोगको राम्रो ज्ञान भएको,
- तालिम सञ्चालन कार्यमा अनुभवी, सहजीकरण र सामाजिक परिचालनको शीप भएको,
- कम्प्युटर एप्लिकेसनबारे (ःक् धयचम, भहअभ०ि जानकार रहेको,
- तथ्याङ्क ब्यवस्थापनमा अनुभवी,
- महिला तथा समावेशीकरणका सवालमा जानकार । एवं ध्यmभल बनभलअथ दगष्मिष्लन, जयगकभजयमि मष्बयिनगभ जस्ता विषयमा सशक्तीकरण गरेको अनुभव भएकालाई ग्राह्यता ।
उल्लेखित कार्य गर्न इच्छुक भई योग्यता पुगेका ब्यक्तिहरुले निवेदन, आप्mनो योग्यता प्रमाणित हुने कागजात र नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि सहित contact@deprosc.org.np वा डिप्रोक्स नेपाल पो.व. नं १०९५३, काठमाण्डौं वा परियोजनाको कार्यालय दाङ्गमा २०८०/०५/१४ गते कार्यालय समयभित्र आवेदन दिन सक्नुहुनेछ । छोटो सूचीमा पर्न सफल उमेदवारहरुलाई मात्र लिखित र अन्तर्वार्ताका लागि सूचित गरी छनौट प्रकृयामा समावेश गरिने छ । टेलिफोन सम्पर्कलाई निरुत्साहित गरिएको छ । उमेदवारहरुको चयन गर्ने, नगर्ने वा यो सूचना खारेज गर्ने समेतको अधिकार संस्थामा निहित रहने छ । परियोजना कार्यक्षेत्र भित्रका पछाडि पारिएका समुदायका महिलाहरुलाई दरखास्त दिन प्रेरित गरिएको छ ।