Vacancy For Master Trainer

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएस्एआइडी) को सहयोगमा विनरक इन्टरनेशनलले कृषि क्षेत्रको समुत्थान, समावेशीकरण र आय वृद्धिमा दिगोपना ल्याउने उद्देश्यका साथ नेपालमा ज्ञानमा आधारित एकीकृत दिगो कृषि (किसान) २ परियोजना ४ वटा प्रदेशका २५ जिल्लाहरुमा कार्यान्वयन गरिरहेको छ । यस परियोजना अन्तर्गतको व्यावसायिक साक्षरता सम्भागले हजारौं सहभागीलाई कृषि व्यवसाय विकासका विभिन्न विषयमा तालिम प्रदान गरी उनीहरूलाई ब्यवसायमा अग्रसर गराउंदैछ ।
सहभागीहरुलाई प्रदान गरिने १० महिने तालिमको ब्यवस्थापनको लागि प्रदेश नं ३, ५, ६ र ७ का डडेलधुरा, डोटी, अछाम, बैतडी, कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, सुर्खेत, दैलेख, जाजरकोट, दाड., सल्यान, प्यूठान, रोल्पा, कपिलवस्तु, अर्घाखाँची, पाल्पा, नुवाकोट, काभ्रेपलान्चोक,सिन्धुपाल्चोक र मकपानपुर जिल्लाका लागि प्रशिक्षक पदमा कर्मचारीहरुको आवश्यकता भएकाले देहाय बमोजिमको योग्यता तथा अनुभवपुगेका इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आव्हान गरिएको छ।

पदःप्रशिक्षक (Master Trainer)संख्याःकेही
गर्नुपर्ने कार्य:
  • सामुदायिक प्रशिक्षकहरुलाई प्रशिक्षण (TOT),
  • सामुदायिक प्रशिक्षकहरुलाई व्यावसायिक साक्षरता तालिम सञ्चालनमा सहयोग,
  • तालिमको नियमित अनुगमन,
  • पूर्व परीक्षा र अन्तिम परीक्षाहरुको लागि सहजीकरण,
  • वरिष्ठ प्रशिक्षकर साक्षरता तथा ब्यावसायिक शीपविकास अधिकृत संगको समन्वयमा सम्भागका अन्यकार्यमा सहयोग,
  • तथ्याङ्क ब्यवस्थापन, अनुगमन, मूल्यांङ्कन र सिकाईका क्रियाकलापहरुमा जिम्मेवारी ।
योग्यताः
  • ब्यावसायिक कामको अनुभवभएको वा ब्यावसायिक कार्यमा सहजीकरण गर्न सक्ने,
  • परियोजनाले दिने तालिमका विषय बस्तुबारे आधारभूत जानकारी भएको,
  • तालिम कार्यमा अनुभवी, सहजीकरण शीपभएको,
  • सामाजिक परिचालनको शीपभएको,
  • कम्प्युटर एप्लिकेसनबारे जानकार रहेको,
  • तथ्याङ्क ब्यवस्थापनमा अनुभवी,
  • स्नातक उत्तीर्ण गरेको वा १०+२ उत्तीर्ण गरी एक वर्षको कार्य अनुभव रहेको ।
  • २१ वर्ष पुरा भएको र धेरै स्थानमा गई सहजीकरण गर्न सक्ने ।

उल्लेखित कार्य गर्न इच्छुक भई योग्यता पुगेका ब्यक्तिहरुले निवेदन, आप्mनो योग्यता प्रमाणित हुने कागजात र नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि सहित [email protected] वा डिप्रोक्स नेपाल पो.व. नं १०९५३, काठमाण्डौं वा किसान २ परियोजनाका कार्यालयहरुमा २०७६÷०५÷०६गते कार्यालय समयभित्र आवेदनदिन सक्नुहुनेछ । छोटो सूचीमा पर्न सफल उमेदवारहरुलाई मात्र लिखित र अन्तर्वार्ताका लागि सूचित गरी छनौट प्रकृयामा समावेश गरिने छ। टेलिफोन सम्पर्कलाई निरुत्साहित गरिएको छ । उमेदवारहरुको चयन गर्ने, नगर्ने वा यो सूचना खारेज गर्ने समेतको अधिकार संस्थामा निहित रहने छ । महिला र पछाडी पारिएका समुदायका उमेदवारहरुलाई दरखास्त दिन प्रेरित गरिएको छ ।