विकास आयोजना सेवा केन्द्र (डिप्रोक्स) नेपाल एक राष्ट्रिय स्तरको गैर सरकारी संस्था हो । यस संस्थाले नेपालका विभिन्न भौगोलिक क्षेत्रमा विविध विषयगत क्षेत्रमा काम गरिरहेको छ । हाल Jersey Overseas Aid (JOA) को आर्थिक सहयोग र Practical Action को अगुवाईमा “Empowering Women Farmers with Digital Finance, Nepal” परियोजना दाङ्ग जिल्लाको दंगीशरण र शान्तिनगर गाउँपालिका, रोल्पा जिल्लाको रुन्टीगढी, थवाङ, परिवर्तन र त्रिवेणी गाउँपालिका र रुकुम पूर्वको भुमे र पुथा उत्तरगंङ्गा गाउँपालिकाहरुमा सञ्चालन गरिरहेको छ । सो परियोजनाको लागी रोल्पा जिल्लामा रही काम गर्न १ (एक) फिल्ड सहजकर्ता को आवश्यकता भएकोले देहाय बमोजमको योग्यता तथा अनुभव पुगेका इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आव्हान गरिएको छ ।
पदः फिल्ड सुपरभाईजर (Field Facilitator), संख्या(१)
गर्नुपर्ने कार्य: |
योग्यताः |
- साना किसानहरुलाई प्रशिक्षक प्रशिक्षण तालिम तथा वित्तीय साक्षरता तालिम सञ्चालन,
- महिला, समुह, सहकारी र महिला नेटर्वकहरुबाट महिला डिजिटल च्याम्पियन छनौटका लागी सहयोग,
- लैङ्गिक कार्य सिकाई पद्दति (Gender Action Learning System), Women agency building and Household dialogue कार्यमा सहयोग,
- महिला कृषकहरुको उद्यम विकासका लागि सहजीकरण,
- महिला डिजिटल च्याम्पियनहरुलाई विद्युतीय प्रविधिको प्रयोग गर्न सहजीकरण,
- महिला डिजिटल च्याम्पियनहरुलाई मोवाइल वालेट प्रयोग तथा ष्लकतबिि गर्न सहयोग,
- महिला किसानहरुलाई उपयुक्त वित्तीय सेवाहरुमा पहँुच विस्तार गर्नको लागी चेतना तथा क्षमता अभिबृद्धि,
- विद्युतीय वित्तीय साक्षरता तालिम सञ्चालन सामाग्रीहरुको उचित व्यवस्थापन, नियमित अनुगमन,
- महिला डिजिटल च्याम्पियनहरुसँग आवश्यक परामर्श तथा सहजीकरण,
- महिला समुह, सञ्जाल र सहकारीहरुको क्षमता अभिबृद्धि, सामुदायिक स्तरका सरोकारवाला निकायहरु तथा स्थानीय सरकारसँग समन्वय ।
|
- वित्तीय/व्यावसायिक साक्षरता सम्बन्धी काममा कम्तिमा २ वर्षको कार्य अनुभव भएको र डिजिटल वित्तीय प्रविधि प्रयोगको राम्रो ज्ञान भएको,
- तालिम सञ्चालन कार्यमा अनुभवी, सहजीकरण र सामाजिक परिचालनको शीप भएको,
- कम्प्युटर एप्लिकेसनबारे -MS word, excel) जानकार रहेको,
- तथ्याङ्क ब्यवस्थापनमा अनुभवी,
- महिला तथा समावेशीकरणका सवालमा जानकार । लैङ्गिक कार्य सिकाई पद्दति (Gender Action Learning System), Women agency building, Household dialogue जस्ता विषयमा सशक्तीकरण गरेको अनुभव भएकोलाई ग्राह्यता ।
- स्नातक उत्तीर्ण गरेको वा १०+२ उत्तीर्ण गरी कम्तीमा ३ वर्षको कार्य अनुभव रहेको ।
- २१ वर्ष पुरा भएको र धेरै स्थानमा गई सहजीकरण गर्न सक्ने ।
- दुई पाड्.ग्रे सवारी चलाउन ‘चालक अनुमति पत्र’ प्राप्त गरेकोलाई प्राथमिकता ।
|
उल्लेखित कार्य गर्न इच्छुक भई योग्यता पुगेका ब्यक्तिहरुले निवेदन, आप्mनो योग्यता प्रमाणित हुने कागजात र नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि सहित contact@deprosc.org.np वा डिप्रोक्स नेपाल पो.व. नं १०९५३, काठमाण्डौं वा परियोजनाको कार्यालय दाङ्गमा २०७९/१०/१३ गते कार्यालय समयभित्र आवेदन दिन सक्नुहुनेछ । छोटो सूचीमा पर्न सफल उमेदवारहरुलाई मात्र लिखित र अन्तर्वार्ताका लागि सूचित गरी छनौट प्रकृयामा समावेश गरिने छ । टेलिफोन सम्पर्कलाई निरुत्साहित गरिएको छ । उमेदवारहरुको चयन गर्ने, नगर्ने वा यो सूचना खारेज गर्ने समेतको अधिकार संस्थामा निहित रहने छ । परियोजना कार्यक्षेत्रको महिला, स्थानीय भाषामा दखल भएका र पछाडि पारिएका समुदायका उमेदवारहरुलाई दरखास्त दिन प्रेरित गरिएको छ ।