अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएस्एआइडी) को सहयोगमा विनरक इन्टरनेशनलले कृषि क्षेत्रको समुत्थान, समावेशीकरण र आय वृद्धिमा दिगोपना ल्याउने उद्देश्यका साथ नेपालमा ज्ञानमा आधारित एकीकृत दिगो कृषि (किसान) २ परियोजना ४ वटा प्रदेशका ११ जिल्लाहरुमा कार्यान्वयन गरिरहेको छ । यस परियोजना अन्तर्गतको व्यावसायिक साक्षरता सम्भागले हजारौं सहभागीलाई कृषि व्यवसाय विकासका विभिन्न विषयमा तालिम प्रदान गरी उनीहरूलाई ब्यवसायमा अग्रसर गराउंदैछ ।
सहभागीहरुलाई प्रदान गरिने तालिमको ब्यवस्थापन गर्न प्रदेश नं ५ अन्तर्गत कपिलवस्तु जिल्लाभित्र काम गर्न ५ महिनाका लागि प्रशिक्षक पदमा कर्मचारी आवश्यकता भएकाले देहाय बमोजिमको योग्यता तथा अनुभव पुगेका इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आव्हान गरिएको छ ।
पदःप्रशिक्षक (Master Trainer) संख्याः१
गर्नुपर्ने कार्य:
|
योग्यताः
|
उल्लेखित कार्य गर्न इच्छुक भई योग्यता पुगेका ब्यक्तिहरुले निवेदन आप्mनो योग्यता प्रमाणित हुने कागजात र नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि सहित kisan2deprosc@gmail.com अयmवा डिप्रोक्स नेपाल पो.व. नं १०९५३, काठमाण्डौं वा किसान २ परियोजनाका कार्यालयहरुमा २०७८/०५/०८ गते कार्यालय समय भित्र आवेदन दिन सक्नुहुनेछ । छोटो सूचीमा पर्न सफल उमेदवारहरुलाई मात्र लिखित र अन्तर्वार्ताका लागि सूचित गरी छनौट प्रकृयामा समावेश गरिनेछ । टेलिफोन सम्पर्कलाई निरुत्साहित गरिएको छ । उमेदवारहरुको चयन गर्ने, नगर्ने वा यो सूचना खारेज गर्ने समेतको अधिकार संस्थामा निहित रहने छ । महिला र पछाडी पारिएका समुदायका उमेदवारहरुलाई दरखास्त दिन प्रेरित गरिएको छ ।