CT Vacancy

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएस्एआइडी) को सहयोगमा विनरक इन्टरनेशनलले कृषि क्षेत्रको समुत्थान, समावेशीकरण र आय वृद्धिमा दिगोपना ल्याउने उद्देश्यका साथ नेपालमा ज्ञानमा आधारित एकीकृत दिगो कृषि (किसान) २ परियोजना ४ वटा प्रदेशका २५ जिल्लाहरुमा सञ्चालन गरिरहेको छ । यस परियोजना अन्तर्गतको व्यावसायिक साक्षरता सम्भाग मार्फत प्रथम चरणमा तल उल्लेखित लगायतका क्षेत्रहरुमा बसोबास गर्ने करीब सात हजार सहभागीहरुलाई कृषि व्यवसाय विकासका विभिन्न विषयहरुमा तालिम प्रदान गरी ब्यवसायमा अग्रसर गराउंदैछ ।

प्रदेश जिल्ला गाउँपालिका, नगरपालिका
मकवानपुर गाउँपालिका ( बकैया (४), मकवानपुरगढी (५), भिमफेदी (२), इन्द्रसरोवर (४), मनहरी (३)
नगरपालिका ( थाहा (२, ३ र ४) हेटौंडा (१६,१७)
काभ्रे नगरपालिका ( पाँचखाल (४,७, १० र ११), धुलिखेल (९ र ११), मण्डनदेउपुर (११)
कपिलबस्तु नगरपालिका ( बुद्धभूमि (१,१०), कपिलवस्तु (६,९)
पाल्पा नगरपालिका ( तानसेन (६,८,९ र १४), रामपुर (२,५), गाउँपालिका – बगनासकाली (६)
दाङ्ग गाउँपालिका ( राप्ती (३,४,६,७ र ८)
प्यूठान नगरपालिका ( प्युठान (१,२,३ र ४)
बाँके गाउँपालिका ( खजुरा (२,५ र ७), राप्तीसोनारी (५,६ र ७)
बर्दिया गाउँपालिका ( गेरुवा (१,२,३ र ४), नगरपालिका ( राजापुर (२,३,४ र ५)
कैलाली गाउँपालिका ( बर्दगोरिया (२,५ र ६), कैलारी (९)
नगरपालिका ( धनगढी उ.म.न.पा.(२,६) गोदावरी (३,४ र १०), गौरीगंगा (८,९ र ११), लम्कीचुवा (४)
कञ्चनपुर नगरपालिका – भीमदत्त (८,१०) बेदकोट (३,६,७ र १०)

यस ब्यावसायिक तालिम दिनका लागि आंशिक समयमा काम गर्ने गरी केही सामुदायिक प्रशिक्षकको आवश्यकता भएकाले देहाय बमोजिमको योग्यता तथा अनुभव पुगेका इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आव्हान गरिएको छ ।

मुख्य काम, कर्तव्य र जिम्मेवारी न्यूनतम योग्यता
  • सहभागीहरुको छनौटका लागि सहजीकरण गर्ने ।
  • स्थानीयस्तरमा २ महिना (दैनिक २ घण्टा, शनिवारबाहेक) व्यावसायिक साक्षरता तालिम सञ्चालन गर्ने ।
  • तालिमको अघि र पछि सहभागीहरुको परीक्षा लिने ।
  • ब्यवसाय विकासका लागि सहभागीलाई सहजीकरण गर्ने ।
  • अनुगमन, मूल्याङकन र अध्ययनमा सहयोग गर्ने ।
  • प्रविणता प्रमाण पत्र तह वा सो सरह उत्तिर्ण
  • अन्य संस्थामा पूर्णकालिन रुपमा कार्यरत नरहेको ।
  • ब्यावसायिक कार्यमा सहजीकरण गर्न सक्ने ।
  • सामाजिक परिचालन र कम्प्युटर एप्लिकेसनमा दक्षता भएको ।
  • विगतमा सामुदायिक प्रशिक्षक वा स्थानीय स्रोत व्यक्तिको रुपमा काम गरेका, महिला तथा पिछडिएका वर्ग र सम्बन्धित वडाका उमेदवारहरुलाई ग्राहयता दिईने ।

माथिको योग्यता र क्षमता भएका इच्छुक ब्यक्तिहरुले निवेदन, आप्mनो योग्यता प्रमाणित हुने कागजात र नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि सहित [email protected] डिप्रोक्स नेपाल पो.व. नं १०९५३, काठमाण्डौं वा किसान २ परियोजनाका केन्द्रिय, क्षेत्रीय, क्लस्टर र एरिया कार्यालयहरुमा २०७५।१०।०२ कार्यालय समयभित्र आवेदन दिन सक्नुहुनेछ । प्रारम्भिक सूचीमा पर्न सफल उमेदवारहरुलाई मात्र लिखित र अन्तर्वार्ताका लागि सूचित गरी छनौट प्रकृयामा समावेश गरिनेछ । टेलिफोन सम्पर्कलाई निरुत्साहित गरिएको छ । महिला र पछाडी पारिएका उमेदवारहरुलाई दरखास्त दिन उत्प्रेरित गरिन्छ । उमेदवारहरुको चयन गर्ने वा नगर्ने वा यो आवश्यकता सम्बन्धी सूचना खारेज गर्ने समेतको अधिकार संस्थामा निहित रहने समेत जानकारी गराइन्छ ।