Procurement of Service for Resource person

स्रोत व्यक्तिको सेवा खरिद गर्ने सम्वन्धमा

विकास आयोजना सेवा केन्द्र (डिप्रोक्स—नेपाल) सुरक्षित आप्रवासन परियोजना (सामी) अन्तरगतको वित्तीय साक्षरता संभागमा प्राविधिक साझेदारका रुपमा कार्यरत छ । यो परियोजना नेपाल सरकार र स्वीस सरकार वीच भएको दुईपक्षीय सम्झौता अनुसार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्वमा स्थानिय सरकारहरुबाट संचालित छ भने हेल्भेटास नेपालले यसमा प्राविधिक सहयोग पुर्याउँदै आइरहेको छ ।

यस परियोजना अन्तर्गत वैदेशिक रोजगारीवाट फर्किएका श्रमिकहरुका लागी यस आ.व. मा संचालन गरिने उद्यम विकास सम्वन्धि तालिम संचालनार्थ कर्मचारीहरुका लागी सात दिने उद्यम विकास प्रशिक्षक प्रशिक्षण संचालन गर्न आवस्यक भएकोले त्यस सम्वन्धमा इच्छुक तथा अनुभवी व्यक्तिहरुले आफ्नो अनुभव सम्वन्धि विवरण सहित, प्रशिक्षक प्रशिक्षणमा छलफल गराइने विषयवस्तुको प्रारम्भिक सत्र योजना र लागत सहितको प्रश्ताव पेश गर्न सम्वन्धित सवैमा यो सुचना प्रकाशित गरिएको छ । यो सूचना प्रकाशित मितिले ७ दिन भित्र अर्थात २०७७ फाल्गुण ११ गते कार्यालय समय भित्र डिप्रोक्स—नेपाल केन्दीय कार्यालय थापाथली वा [email protected] मा आईपुग्नेगरि पठाउन जानकारी गरिन्छ ।

खरिद समिति