MT Vacancy Short Course

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग ( युएस्एआइडी ) को सहयोगमा विनरक इन्टरनेशनलले कृषि
क्षेत्रको समुत्थान, समावेशीकरण र आय वृद्धिमा दिगोपना ल्याउने उद्देश्यका साथ नेपालमा ज्ञानमा
आधारित एकीकृत दिगो कृषि (किसान) २ परियोजना ४ वटा प्रदेशका २५ जिल्लाहरुमा
कार्यान्वयन गरिरहेको छ । यस परियोजना अन्तर्गतको व्यावसायिक साक्षरता सम्भागले हजारौं
सहभागीलाई कृषि व्यवसाय विकासका विभिन्न विषयमा तालिम प्रदान गरी उनीहरूलाई ब्यवसायमा अग्रसर
गराउंदैछ ।

सहभागीहरुलाई प्रदान गरिने ‘ब्यवसायविकास’ तालिमको ब्यवस्थापनको लागि प्रदेश नं ५, ६ र ७
का अर्घाखाँची, रोल्पा, दाङ्ग, दैलेख, सुर्खेत र बैतडी जिल्लाका लागि प्रशिक्षक पदमा कर्मचारीहरुको
आवश्यकता भएकाले देहाय बमोजिमको योग्यता तथा अनुभव पुगेका इच्छुक नेपाली नागरिकहरुबाट
दरखास्त आव्हान गरिएको छ ।

पदःप्रशिक्षक (Master Trainer) संख्याः

गर्नु पर्ने कार्य :
  • सामुदायिक प्रशिक्षकहरुलाई प्रशिक्षण (TOT),
  • सामुदायिक प्रशिक्षकहरुलाई व्यावसायिक साक्षरता तालिम सञ्चालनमा सहयोग,
  • तालिमको नियमित अनुगमन, पूर्व परीक्षा र अन्तिम परीक्षाहरुको लागि सहजीकरण,
  • वरिष्ठ प्रशिक्षक र साक्षरता तथा ब्यावसायिक शीप विकास अधिकृत संगको समन्वयमा सम्भागका अन्यकार्यमा सहयोग,
  • तथ्यन्क व्यासथपन, अनुगमन , मुल्याङ्कन र सिकाईका कृयाकलापहरुमा जिम्मेवरी ।
योग्यताः
  • ब्यावसायिक कामको अनुभव भएको वा ब्यावसायिक कार्यमा सहजीकरण गर्न सक्ने,
  • परियोजनाले दिने तालिमका विषय बस्तुबारे आधारभूत जानकारी भएको,
  • तालिम कार्यमा अनुभवी, सहजीकरण शीप भएको, सामाजिक परिचालनको शीप भएको,
  • कम्प्युटर एप्लिकेसनबारे जानकार रहेको, तथ्याङ्क ब्यवस्थापनमा अन७३घढसभवी, स्नातक उत्तीर्ण गरेको वा १०+२ उत्तीर्ण गरी दुई वर्षको कार्य अनुभवरहेको ।
  • २१ वर्ष पुरा भएको र धेरै स्थानमागई सहजीकरण गर्न सक्ने ।

उल्लेखित कार्य गर्न इच्छुक भई योग्यता पुगेका ब्यक्तिहरुले निवेदन आप्नो योग्यता प्रमाणित हुने कागजात र नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि सहित [email protected] वा डिप्रोक्स नेपाल पो.व. नं १०९५३, काठमाण्डौं वा किसान २ परियोजनाका कार्यालयहरुमा २०७६/०८/१० गते कार्यालय समय भित्र आवेदन दिन सक्नुहुनेछ। छोटो सुचीमा पर्न सफल उमेदवारहरुलाई मात्र लिखित र अन्तर्वार्ताका लागि सुचित गरी छनौट प्रकृयामा समावेश गरिनेछ । टेलिफोन सम्पर्कलाई निरुत्साहित गरिएको छ । उमेदवारहरुको चयन गर्ने, नगर्ने वा यो सुचना खारेज गर्ने समेतको अधिकार संस्थामा निहित रहने छ । महिला र पछाडी पारिएका समुदायका उमेदवारहरुलाई दरखास्त दिन प्रेरित गरिएको छ ।

पदपुर्ति समिति
डिप्रोक्स नेपाल