Donate for a Good Cause

मृत्युको शोकमा समेत बाँच्ने साहारा बन्यो वित्तीय साक्षरता कक्षा

मृत्युको शोकमा समेत बाँच्ने साहारा बन्यो वित्तीय साक्षरता कक्षा

भुली दासलाई आजभोली दिन र रात दुवै लामा लाग्छन् । घाम उदाय साँझ कसरी पर्छ अनि रात गए कुन् बेला घाम लाग्छ भनेजस्तो लाग्छ उहाँलाई । ६ वटी छोरीको आमा ४५ बर्षकी भुली दासको ५ वटी छोरीहरुको बिहावारी भईसकेको छ । छोरीहरुको विहे गर्दा ५ लाख ऋण लागेको र ऋण तिर्न अनि कान्छि छोरीको विहे गर्दा ऋण नलागोस् भनेर घरसल्लाह गरेर भुली दासका श्रीमान् १ बर्ष अघि साउदी जानु भयो । तर साउदी गएर ऋण तिर्ने अनि छोरीको विहे गर्ने भुली दासको सपना भने पूरा हुन सकेन ।

१ बर्ष अघि साउदी अरबको सडकको फूल बगैंचामा मालीको काम गर्न साउदी जानु भएका श्रीमान्लाई गाडीले ठक्करदियो । गाडीको ठक्करपछि श्रीमान् साउदीमा नै अस्ताउनु भयो । श्रीमान्को मृत्यूपछि भुली दासलाई छोरीको विहे गर्दा लागेको ऋणसँगै श्रीमान्को शोक समेत थपियो ।

जनकपुरधाम नगरपालिका वडा नं २३ मा घर भएकी भुली दास सामान्य लेखपढ गर्न सक्नु हुन्छ । जनकपुरधाम नगरपालिकाले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नीतिगत पहल र हेलभेटासको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम कार्यान्वययन गरिरहेको थियो । गाउँमा विदेश जानेहरुको परिवारको सदस्यहरुको लागि डिप्रोक्स–नेपालको प्राविधिक सहयोगमा सोनासती वित्तीय साक्षरता मनोसमाजिक परामर्श कक्षा चल्यो । श्रीमान् साउदी गएको कारण भुली दास पनि कक्षामा सहभागीको रुपमा आउन थाल्नु भयो ।

भुलीदासको श्रीमान्ले साउदी जाँदा तयार गरेको कागजपत्र घरमा छोड्नु भएको थिएन । कक्षामा गएपछि भुली दासले विदेश जाँदा तयार गर्ने कागजपत्रको महत्वको बारेमा बुझ्नु भयो । कक्षामा कागजपत्रको महत्व बुझेपछि श्रीमान्सँग विदेश जाँदा तयार गरेको कागजपत्र पठाउनको लागि भन्नुभयो । श्रीमान्ले भुलीले भनेका सवै कागजपत्र पठाउनु भयो । तर दुर्भाग्य भुलीदासका श्रीमान् काजगपत्र पठाएको ४ महिनापछि सडक दुर्घटनमा परी सँधैका लागि अस्ताउनु भयो । 

भुली दासको जीवनमा नसोचेको घटना घट्यो । भुली दासलाई विदेश जानेको प्राण नै गए सरकारबाट पिडितका परिवारले के पाउँछन् भन्ने समेत थाहा थिएन । कक्षाको सहजकर्ताले कागजपत्र सहित आप्रवासी श्रोत केन्द्रमा जाने सल्लाह दिनुभयो । भुली दासले सहजकर्ताले भनेझैं आप्रवासी श्रोत केन्द्रमा गएर उजुरी दर्ता गर्नुभयो । उहाँले आप्रवासी श्रोत केन्द्रकै पहलमा वैदेशिक रोजगार बोर्ड र बीमा कम्पनीबाट २१ लाख रुपैंया आर्थिक सहायता पाउनुभयो ।

भुली दासको घरको मियो ढल्यो । जीवनका कैंयन सपनाहरु श्रीमान्को चितासँगै खरानी भए । श्रीमान्को मृत्यूले शोकमा डुवेको परिवारलाई आर्थिक सहायताले केहि राहत भएको महसुस भयो । उहाँले श्रीमान्को मृत्यु पछि पाएको आर्थिक सहायता बापत पाएको पैसामध्य १० लाख लगानी गरेर खेत किन्नु भयो । भुली दासले किन्नु भएको खेतमा सिजन अनुसारको तरकारी र धान खेती गर्नुहुन्छ ।

भुली दासले श्रीमान् विदेश जाँदा लिएको ऋण तिरेपनि छोरीको विहे गर्दा लागेको ऋण छिनाउन सक्नु भएको थिएन । आर्थिक सहायता बापत पाएको पैसाबाट उहाँले ४ लाख ऋण तिर्नुभयो भने ४ लाखले बीमा समेत गर्नुभएको छ ।

भुली दासको कान्छी छोरी महिनावारीका बेला बिरामी पर्छिन् । १० महिना अघि अप्रेशन गर्दा १ लाख पचास हजार जनकपुरको निजी अस्पतालमा खर्च गर्नुभयो । खर्च भएपनि कक्षाले उहाँको आत्मविश्वास मर्न दिएको छैन । आम्दानीको श्रोत बढाउनु पर्छ भन्ने जानेर भुलीले घरमा १ वटा दुहुनो भैंसी थप्नु भएको छ भने बाँकी रहेको पैसाले अर्को भैंसी थप्ने योजना समेत बनाउनु भएको छ, उहाँले ।

श्रीमान्को मृत्यूपछि आउने बाटो टुट्यो । भएको पैसा पनि कँहा खर्च हुन्थ्यो थाहै हुदैन थियो तर कक्षामा बसेपछि खर्च गर्ने तरिका जानेकी छु । के का लागि खर्च गर्ने र कसरी खर्च गर्ने भन्ने बुझेकी छु । यसले मलाई जीवन चलाउन मद्यत गरेको छ । भन्नुहुन्छ भुली दास ।

भुली दासलाई व्यवसायीक बन्न मन लागेको छ । आफूले किनेको खेतमा व्यवसायीक तालिम लिएर कृषि कर्म गर्न मन छ । भएको जमिनमा माटो खोस्रिएरै पैसा कमाउन सकिन्छ तर मलाई सहयोग चाहिएको छ भन्नुहुन्छ उहाँ । उहाँले कक्षा व्यवस्थापन समितीका संयोजक तथा वडा नं २३ का अध्यक्षसँग भेटेर सवै कुराहरु राख्नुभईसकेको बताउनु हुन्छ उहाँ । धन र मन मानिसको जीवनको २ पाटा हुन् । धन मात्रै भएर सन्तुलित मन नहुनेहरुको जीवन पनि खुशी छैन र मन मात्रै हुनेहरुको जीवन पनि खुशी छैन । यसर्थ मनको घाउ निको पार्न उहाँले मनोसामाजिक परामर्शकर्ताबाट मनोपरामर्श सेवा समेत लिँदै आउनु भएको छ । जसले जीवनसँग सम्झौता गर्न सजिलो बनाएको अनुभव छ भुली दासलाई ।