Donate for a Good Cause

मिलेर साथी चार, सुरु गरे जुत्ता चप्पल व्यापार

मिलेर साथी चार, सुरु गरे जुत्ता चप्पल व्यापार

सामान्य गृहिणीको रुपमा घर चलाइरहनु भएका ४ जना महिलाहरु यतिबेला जुत्ता व्यापारमा व्यस्त हुनुहुन्छ । उभिएर कसैसँग पनि दोहोरो कुराकानी गर्ने फुर्सद छैन उहाँहरुलाई । आशाको थोपा थोपा जम्मा भएर व्यावसायिक सफलताको पोखरी भरिँदै छ उहाँहरुको ।

वुटवल उपमहानगरपालिका वडा नं ३ का ओसिड थापा गुरुङ, सुनिता गुरुङ, सविता थापा क्षेत्री र खोप  कुमारी गुरुङको पहिला मन मात्र मिल्यो । मिलेको मनले व्यवसाय गर्ने सपना देख्यो । त्यही मिलेको मनले सपना पूरा गर्दैछ उहाँहरुको ।

भर्खरै मात्र जुत्ता चप्पल व्यवसायमा लाग्नु भएका उहाँहरु ४ जनाकै श्रीमान् खाडी मुलुकमा काम गरेको अनुभवी हुनुहुन्छ । ओसिडका श्रीमान युएईमा जानु भएको ४ बर्ष भयो । त्यस्तै सुनिताका श्रीमान् कतारमा, सविताका श्रीमान् साउदीमा र खोप कुमारीका श्रीमान ४ वर्ष यूएईमा काम गरेर हाल भारतमा काम गर्दै हुनुहुन्छ । उहाँहरुको काम र कमाई चित्त बुझ्दो छ ।

श्रीमानले कमाएको पैसाले भविष्यमा पूरा गर्ने सबै सपना पूरा हुने नदेखेपछि उहाँहरुले सामुहिक लगानीमा जुत्ता चप्पल व्यापार गर्ने निधो गर्नुभयो । “भगवानले पनि तँ आँट म पु¥र्याउँछु” भन्छन् भने झैं उहाँहरुको भेटघाट र चिनाजान पुरानै भएपनि वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षाले व्यवसाय गर्नेसम्मको सहकार्य जुट्यो भन्नुहुन्छ ओसिड गुरुङ ।

२०७९ सालको कार्तिक महिनामा वुटवल उपमहानगरपालिकाले चलाएको सुरक्षित आप्रवासन (सामी) कार्यक्रमबाट वडा स्तरीय अभिमुखिकरण कार्यक्रममा उहाँहरु सहभागी हुनुभयो । कार्यक्रममा सहभागी भएर उहाँहरुले सामी कार्यक्रम र कार्यक्रम मार्फत चल्ने वित्तीय साक्षरता तथा मनोपरामर्शको वारेमा थाहा पाउनुभयो । गाउँमै चलेको वित्तीय साक्षरता तथा मनोपरामर्श कक्षामा खोप कुमारी गुरुङ र सविता थापा क्षेत्री कक्षामा आउने हुनुभयो । साप्ताहिक रुपमा नगरपालिकाले वडा नं ३ को लक्ष्मीनगर टोलमा डिप्रोक्स –नेपालको प्राविधिक सहयोगमा सफल वित्तीय साक्षरता तथा मनोसामजिक परामर्श कक्षा सञ्चालनमा ल्यायो । त्यही कक्षामा दुबैजना सहभागी हुन थाल्नुभयो ।

२०७९ सालको कार्तिक महिनामा वुटवल उपमहानगरपालिकाले चलाएको सुरक्षित आप्रवासन (सामी) कार्यक्रमबाट वडा स्तरीय अभिमुखिकरण कार्यक्रममा उहाँहरु सहभागी हुनुभयो । कार्यक्रममा सहभागी भएर उहाँहरुले सामी कार्यक्रम र कार्यक्रम मार्फत चल्ने वित्तीय साक्षरता तथा मनोपरामर्शको वारेमा थाहा पाउनुभयो । गाउँमै चलेको वित्तीय साक्षरता तथा मनोपरामर्श कक्षामा खोप कुमारी गुरुङ र सविता थापा क्षेत्री कक्षामा आउने हुनुभयो । साप्ताहिक रुपमा नगरपालिकाले वडा नं ३ को लक्ष्मीनगर टोलमा डिप्रोक्स –नेपालको प्राविधिक सहयोगमा सफल वित्तीय साक्षरता तथा मनोसामजिक परामर्श कक्षा सञ्चालनमा ल्यायो । त्यही कक्षामा दुबैजना सहभागी हुन थाल्नुभयो । मंसिर महिनादेखि साप्ताहिक रुपमा चलेको कक्षामा सहभागी भएर उहँहरुले परिवार व्यवस्थापन, परिवार निर्माणका विधि, वित्तीय लक्ष्य, पारिवारिक वजेट, विप्रेषणको सदुपयोग, व्यवसायीक योजना, सुचना प्रविधि र उद्ममशिलता लगायतका विषयवस्तुमा जानकारी लिनुभयो । कक्षामा छलफल गरिने बिषयहरुको बारेमा उहाँहरुलाई जानकारी भएपनि त्यसलाई व्यवस्थापन गर्ने तरिका नौलो लाग्यो उहाँहरुलाई । कक्षामा बसेपछि उहाँहरुले विप्रेषणको परनिर्भरता कम गर्न नसकिए विदेश बसिरहेको घरका मुली घरदेश फर्कन नसक्ने कुराको निष्कर्षमा पुग्नु भयो । श्रीमान्लाई घरदेश बोलाउनकै लागि भएपनि कुनै न कुनै पैसा कमाउने जुक्ति सोच्न थाल्नु भयो उहाँहरुले ।

जुत्ता पसलमा जुट्नुभएका ४ जना कै श्रीमानले महिनावारी रुपमा पठाएको पैसाले घरखर्च चलाउन भन्दा दोस्रो काम टार्न सकेन । तर कक्षाले उहाँहरुको होस खुल्यो । विदेशको कमाई स्थायी होईन भन्ने थाहा पाउनु भयो । तर खानकै लागि विदेशको भर पर्दा आफूले कल्पना गरेको सुख प्राप्त नहुने भयो । त्यही वित्तीय साक्षरता कक्षाले उहाँहरुको सोचमा परिवर्तन ल्यायो । कक्षामा सहभागी भएपछि आफैंले कमाउनु पर्छ भन्ने भयो तर कमाउन हातमा सीप नभएकोले चिन्ता थपियो । कक्षामा नियमित जान थालेपछि गाउँमा कसैले नगरेको व्यवसाय चलाउने निश्कर्षमा पुग्नुभयो ।

 वित्तीय साक्षरता सहजकर्ताले वडा अध्यक्षसँग समन्वय गर्नुृभयो । उहाँहरुले कक्षामा राखेको कुरालाई वडाको अध्यक्षले गम्भिर रुपमा लिनुभयो । कक्षामा आईपुग्नु भएका वडा अध्यक्षले कक्षाका सहभागीहरुलाई जुत्ता बनाउने सीप दिन ७ दिने निःशुल्क तालिम दिने प्रतिबद्धता राख्नुभयो । अध्यक्ष ज्यूको कुराले कक्षाका सहभागीहरुमा उत्साह पलायो । कक्षामा सहभागी हुनुभएका ४ जना मध्ये सविता थापा र खोपकुमारी गुरुडले ७ दिने जुत्ता बनाउने तालिममा सहभागी हुनुभयो । आफूले सिकेका कुरा ओसिड थापा गुरुङ र सुनिता गुरुङलाई सुनाउनु भयो ।  

सफल वित्तीय साक्षरता कक्षाका २१ सत्र सम्पन्न भएपछि पनि हरेक महिना बैठक हुने गरेको थियो । महिनाको १ पटक बस्ने बैठक ६ महिनासम्म चल्यो । बैठकमा कक्षा सम्पन्न भएपछि कक्षामा सिकेको कुरा घरव्यवहार चलाउँदा प्रयोगमा आयो कि आएन भन्ने बिषयमा छलफल हुन्थ्यो । त्यही बैठकमा छलफल हुँदा खोप कुमारी र सविताले कक्षामा बसेर आफूले जानेका कुरा प्रयोगमा ल्याउने निर्णय गर्नुभयो । 

कुनै पनि व्यवसाय सुरु गर्नु भन्दा अगाडी वजारको अवस्था, काममा दक्षता, जोखिमको विश्लेषण गर्नुृपर्छ भन्ने थाहा पाउनु भयो ।  उहाँहरुले कक्षामा सिके झैं गरी व्यवसाय चलाउने योजना वनाउनु भयो । सानो लगानीवाट व्यवसाय सुरु गरेर त्यही व्यवसायबाट कमाउँदै व्यवसाय बढाउँदै लैजाने कुरा योजनामा समाबेश भयो । कक्षामा सहभागी नहुनु भएका ओसिड गुरुड र सुनिता गुरुड.लाई आफूले कक्षामा जानेका कुरा बुझाउनु भयो सविता थापा .र खोपकुमारी गुरुङले । कक्षामा छलफल भएका कुराले कक्षामा सहभागी नभएका ओसिङ गुरुङ र सविता गुरुङको मन फेरियो । चारै जनाको मन मिल्यो । यसरी ४ जना मिलेर २०८० असोज महिनावाट २ वटा कोठा प्रयोग गरेवापत ८ हजार रुपैंया मासिक भाडा तिर्ने गरी जुत्ता व्यवसाय सुरु गर्नुभएको छ । जुत्ता पसलको लागि ४ जनाले मिलेर ३ लाख लगानी गर्नुभएको छ ।   गएको असोज महिनाबाट खोलिएको जुत्ता कारखानमा उहाँहरुले ७०० जोर जुत्ता उत्पादन गर्नुभएको छ । उहाँहरुको कारखानामा बन्ने एक जोर जुत्ताको मुल्य रु ३ सय ५० देखि ८ सयसम्म पर्छ ।

उहाँहरुले गाउँमा चलेको कक्षाको नाम मात्र सफल राख्नु भएको थिएन । व्यवसायीक रुपमा सफल बन्ने कुरामा समेत उहाँहरु विश्वस्त हुनुहुन्थ्यो उहाँहरु ।

व्यवसाय गर्ने उद्यमी सफल बन्नका लागि व्यवसायको प्रबद्र्धन हुन जरुरी हुन्छ । व्यवसायको आँखाले वजारको पक्षलाई जति ध्यान दिन सक्यो त्यती नै सफल हुन सकिन्छ ।  त्यसैले वुटवल तथा जिल्लाका अन्य ठाउँमा  हुने प्रर्दशनीमा उहाँहरुले उत्पादन गरेको जुत्ता विकाउने रणनीति बनाउनु भएको छ । भविष्यमा यसलाई उद्योगको रुपमा विकास गरी व्यवसाय विस्तार गर्ने सोच राख्नु भएको छ उहाँहरुले । त्यतीमात्र होईन व्यवसायका लागि ग्राहक भनेका भगवान सरह हुन् । यसकारण ग्राहकबाट आएका सल्लाह सुझाव समेत अनुशरण गर्दै जानुभएको छ । जसले ग्राहकको रुची, चाहना र क्षमता अनुसार जुत्ता चप्पल उत्पादन गर्न मद्दत गरेको बताउनुहुन्छ उहाँहरु । यसरी कमाउने कामका लागि नगरपालिकाले उत्प्रेरणा दिएको बताउनुहुने उहाँहरु निरन्तर यहि पेशामा लागिरहन प्रतिबद्ध हुनुहुन्छ ।