बेचेर अचार, महिनाको कमाई दश हजार ।
मायाको श्रीमान् कमाउन मलेसिया जानु भएको ६ बर्ष भयो । उहाँको परिवारमा श्रीमान्÷श्रीमती, सासु, ससुुरा, १ छोरा र १ छोरी गरी ६ जना छन् । श्रीमान् विदेश गएपछि ६ जनाको परिवार धानेर बस्नु भएकी माया उमेरले बल्ल ३५ बर्षकी हुनुभयो । घरको कमाईले ५ महिना पनि नधान्ने उहाँको १२ बर्षका छोरा कक्षा ७ मा र १८ बर्षकी छोरी कक्षा १२ मा नजिकैको सरकारी विद्यालयमा पढ्दै छन् भने ससुरा दम, यूरिक एसिडको बिरामी हुनुहुन्छ । ससुरालाई महिनामा १ हजार ४ सयको दवाई चाहिन्छ ।
ईलाम जिल्लाको सूर्योदय गगरपालिका वडा नं १३, लक्ष्मीपुर घर भएकी मायाको श्रीमान् परेदश लागेपछि परिवारका अनेकन् जिम्मेवारी आईलागे । मायाले सासु ससुुराको लागि छोरा बन्नु पथ्र्यो भने छोराछोरीको लागि बुवा पनि । घरधन्दा, चुलोचौकादेखि घाँस, दाउराको जोहो गर्न समेत आफै खटिनुपथ्र्यो । घरको कामले फूर्सदै नपाउने माया आजभोली अचार बनाउने काममा व्यस्त हुनुहुन्छ । तर उहाँको गाउँमा वित्तीय साक्षरता कक्षा चल्नुअघिसम्म उहाँ घरधन्दामा मात्रै सिमित हुनुहुन्थ्यो ।
आर्थिक बर्ष २०७८÷०७९ मा सूर्योदय नगरपालिकाले सञ्चालन गरेको सुरक्षित आप्रवासन(सामी) कार्यक्रमले डिप्रोक्स–नेपालको प्राविधिक सहयोगमा वित्तीय साक्षरता कक्षा सञ्चालन गर्यो । श्रीमान् विदेशमा भएको र श्रीमान्ले पठाएको पैसा आफैंले व्यवस्थापन गर्ने भएको हुँदा माया वित्तीय साक्षरता कक्षामा जान थाल्नुभयो । कक्षामा जान थालेपछि मायाले बिदेशको अफ्ट्यारो र साह्रोगाह्रो थाहा पाउनु भयो । अनि बल्ल परदेशमा श्रीमान्ले बगाएको श्रमको पनि मुल्य बुझ्न थाल्नुभयो । २४ हप्ता सम्म चल्ने कक्षामा जान थालेपछि मायालाई आफूले पनि पैसा कमाउने काम गर्न सकिने रहेछ भन्ने लाग्यो । तर के काम गरेर पैसा कमाउने भन्ने कुराको निर्णय भने लिन गाह्रो भयो उहाँलाई ।
सुर्योदय नगरपालिकाले उद्यम विकास कार्यक्रमबाट गाउँकै अचारको कच्चा पदार्थबाट बनाउन सकिने पाँच किसिमको अचार उत्पादन र प्याकेजिङ गर्ने तालिम तालिम दियो । तालिमले मायालाई पनि उद्यमी बन्न सक्ने सपना देखायो । माया तालिममा सहभागी हुँदाका बखत पनि अचार बनाउन अरुभन्दा माहिर हुनुहुन्थ्यो । आफूले अचार बनाउने सीप पाएपछि माया घरमा नै अचार बनाएर बिक्री गरिरहनु भएको छ ।
माया अकबरे खुर्सानी, मेथी, मुला, गाँजर, वन्दागोपी र मिक्स प्रजातीको अचार बनाएर बिक्री गरिरहनु भएको छ । मायाले बनाउनु भएको अचार नजिकैको लक्ष्मीपुर बजार, फिक्कल र ईलाम जस्ता बजारमा बिक्री हुने गरको छ । उहाँ हरेक महिना विभिन्न तौल र फरक फरक स्वादका ४० देखि ५० वट्टा अचार तयार गरी बिक्री गर्नुहुन्छ । सुरुमा श्रीमान्ले अचार बनाएर बेच्नको लागि मलेसियाबाट रु.१० हजार रुपैया पठाईदिनु भएको थियो । अहिले माया अचार बेचेर नै महिनाको १० हजार कमाउनु हुन्छ । आफुले कमाएको पैसाबाट उहाँले बिरामी ससुराको खर्च, छोराछोरीको पढाई खर्च र घरखर्च समेत गरी महिनाको १ हजार रुपैंया आफूु सदस्य रहेको आप्रवासी वहुउदेश्य सहकारी संस्थामा वचत गर्नुहुन्छ ।
उहाँले आफ्नै हातले बनाएको अचार सुर्योदय नगरपालिकाले फिक्कलमा आयोजना गरेको कृषि प्रर्दशनी मेलामा समेत लगेर विक्री गर्नुभयो । मेलामा अचार बेचेर पैसा मात्र कमाउनु भएन उहाँले बरु आफूले बनाएको अचारको बारेमा जिल्ला भरी प्रचार समेत गर्नुभयो । अहिले जिल्लाबाट पनि अचारको माग आउन थालेको बताउनुहुन्छ माया ।
बैदेशिक रोजगारीमा जानेहरुको परिवारलाई राखेर चलाएको कक्षाले मलाई उद्यमी बनायो । श्रीमान् त काम र दामकै लागी विदेश जानुभएको थियो । म समेत श्रीमान् विदेश गएकै कारणले उद्यमी बन्ने अवसर पाएँ भन्नुहुन्छ माया । माया आफैले कमाउन थालेपछि समाजले हेर्ने दृष्टिकोण नै बदलिएको बताउनु हुन्छ । आफू धेरै समय घर र अचार बनाउने धन्दामा व्यवस्त हुँदा अरुले कुरा काट्ने बाटो समेत बन्द भएको छ भन्नुहुन्छ, उहाँ । अचार बनाउने कामले मायाको परिवारमा आम्दानीको स्रोत थपिदिएको छ भने समाजमा मान प्रतिष्ठा समेत प्राप्त भएको छ भन्नुहुन्छ उहाँ । कक्षाको कारणले पहिले र अहिलेको अवस्थामा आकाश र जमिन जत्तिकै भिन्नता आएको छ भन्नुहुन्छ माया । उहाँ आफु उद्यमी बन्छु भन्नेहरुको लागि निःशुल्क रुपमा अचार बनाउने सीप पनि सिकाईदिनु हुन्छ ।