Donate for a Good Cause

Vacancy for Women Digital Champion

डिप्रोक्स–नेपाल एक राष्ट्रिय स्तरको गैर सरकारी संस्था हो । यस संस्थाले नेपालका विभिन्न भौगोलिक क्षेत्रमा विविध विषयगत क्षेत्रमा काम गरिरहेको छ । हाल यस  केन्द्रले Jersey Overseas Aid (JOA)] को आर्थिक सहयोग र Practical Action को अगुवाईमा Empowering Women Farmers with Digital Finance, Nepal (समुन्नति डिजिटल फाईनान्स परियोजना) दाङ्ग जिल्लाको दंगीशरण र शान्तिनगर गाउँपालिका, रोल्पा जिल्लाको रुन्टीगढी, थवाङ, परिवर्तन र त्रिवेणी गाउँपालिका र रुकुम पूर्वको भुमे र पुथा उत्तरगंङ्गा गाउँपालिकाहरुमा सञ्चालन गरिरहेको छ । सो परियोजनाका लागि काम गर्न महिला डिजिटल च्याम्पियनहरुको आवश्यकता भएकोले देहाय बमोजमको योग्यता तथा अनुभव पुगेका इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आव्हान गरिएको छ ।

काम गर्नुपर्ने क्षेत्रहरुः

  • दाङ्: दंगीशरण गाउँपालिका (वडा नं. २, ४, ५ र ७) र शान्तिनगर गाउँपालिका (वडा नं. २, ३, ४, ५ र ६ )
  • रोल्पाः रुन्टीगढी गाउँपालिका (वडा नं. ४, ६ र ७), थवाङ गाउँपालिका (वडा नं. ३), परिवर्तन गाउँपालिका  (वडा नं. २ र ५) र त्रिवेणी गाउँपालिका (वडा नं.३, ४ र ६)
  • रुकुम पूर्वको भुमे गाउँपालिका (वडा नं. ६ र ८) र पुथा उत्तरगंगा गाउँपालिका (वडा नं. १२)

पदः महिला डिजिटल च्याम्पियन (Women Digital Champion), संख्या -१७

गर्नुपर्ने कार्य:

  • महिला, समुह, सहकारी र महिला नेटर्वकहरुको संलग्नतामा विधुतीय वित्तीय साक्षरता तालिम सञ्चालन गर्न समूह छनौटका लागि सहयोग,
  • साना किसानहरुलाई विधुतीय वित्तीय साक्षरता तालिम सञ्चालन,
  • महिला सशक्तीकरणसँग सम्बधित समूह कार्य तथा घरधुरी सम्वाद क्रियाकलाप सञ्चालन
  • महिला कृषकहरुको उद्यम विकासका लागि सहजीकरण,
  • विधुतीय वित्तीय साक्षरता तालिमका सहभागीहरुलाई विधुतीय प्रविधिको प्रयोग गर्न सहजीकरण,
  • विधुतीय वित्तीय साक्षरता तालिमका सहभागीहरुलार्ई मोवाइल वालेट र बैकिङ्ग एप्सहरु install गर्न र प्रयोग गर्न सहयोग,
  • महिला किसानहरुलाई उपयुक्त वित्तीय सेवाहरुमा पहुँच विस्तार गर्नको लागी चेतना तथा क्षमता अभिबृद्धि,
  • विधुतीय वित्तीय साक्षरता तालिम सञ्चालन सामाग्रीहरुको उचित व्यवस्थापन,
  • परियोजनालाई आवश्यक सूचना तथा तथ्याङ्कहरु संकलन तथा हस्तान्तरण,
  • महिला समुह, सञ्जाल र सहकारीहरुको क्षमता अभिबृद्धि, सामुदायिक स्तरका सरोकारवाला निकायहरु तथा स्थानीय सरकारसँग समन्वयमा सहयोग ।

योग्यताः

  • न्यूनतम शैक्षिक योग्यता SLC/SEE उत्तिर्ण महिला । कुनै पनि संकायमा प्रवीणता प्रमाणपत्र तह / १०+२ उत्तीर्ण गरेकालाई बिशेष ग्राहयता ।
  • तालिम सञ्चालन कार्यमा अनुभवी, सहजीकरण र सामाजिक परिचालनको शीप भएको । महिला डिजिटल च्याम्म्पियनको रुपमा कार्य अनुभव भएकाहरुलाई ग्राहयता ।
  • १८ वर्ष पुरा भएको र धेरै स्थानमा गई सहजीकरण गर्न सक्ने ।
  • समुन्नति कृषि परियोजनाले गठन गरेको समूहमा आवद्ध भएको भएमा वाञ्छनीय हुने ।
  • समुन्नति कृषि परियोजनाले गठन गरेको समूहबारे जानकार रहेको र ती लक्ष्यित समूहहरुसँग नजिकको दूरीमा बसोवास गर्नेलाई प्राथमिकता  ।
  • स्थानीय क्षेत्रमा बोलिने भाषामा दखल हुनेलाई प्राथमिकता ।
  • सामाजिक सञ्जाल लगायतका विभिन्न कृषि तथा डिजिटल वित्तीय प्रविधि (एप्स) प्रयोगको राम्रो ज्ञान भएको । 
  • महिला तथा समावेशीकरणका सवालमा जानकार एवं Women agency building, Household dialogue  जस्ता विषयमा सशक्तीकरण गरेको अनुभव भएकालाई ग्राह्यता  ।
  • समुदायको तालिम सम्पन्न गर्न (८ महिना) को लागि निरन्तरताको प्रतिवद्धता दिन सक्ने ।

उल्लेखित कार्य गर्न इच्छुक भई योग्यता पुगेका ब्यक्तिहरुले, आफ्नो योग्यता प्रमाणित हुने कागजात र नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि सहित [email protected] ईमेलमा वा डिप्रोक्स–नेपाल पो.व. नं १०९५३, काठमाडौंमा वा परियोजनाको कार्यालय दाङ्गमा  मिति २०८१/०६/०२ गते कार्यालय समयभित्र आईपुग्ने गरी आवेदन दिन सक्नुहुनेछ । छोटो सूचीमा पर्न सफल उमेदवारहरुलाई मात्र लिखित र अन्तर्वार्ताका लागि सूचित गरी छनौट प्रकृयामा समावेश गरिने छ । टेलिफोन सम्पर्कलाई निरुत्साहित गरिएको छ । क्षेत्र तथा उम्मेदवारहरुको चयन गर्ने, नगर्ने वा यो सूचना खारेज गर्ने समेतको अधिकार संस्थामा निहित रहने छ । परियोजना कार्यक्षेत्र भित्रका पछाडि पारिएका समुदायका महिलाहरुलाई दरखास्त दिन प्रेरित गरिएको छ । यसको जानकारी डिप्रोक्स-नेपालको वेब पेज http://www.deprosc.org.np  मा समेत उपलब्ध छ ।

Deadline : असोज २, २०८१

No. of Vacancies : 17