विदेशमा आफैंले कमाएको पैसा रित्तियो, उद्यमी बन्ने सोचमा पार्वती ।
जापानमा ४ बर्ष श्रीमान्सँगै काम गरेर फर्कनु भएकी पार्वतीसँग बंगुर, माछा, कुखुरापालन गरेको राम्रो अनुभव छ । जापानमा दुवैजनाले कमाएर फर्कदा आफूलाई जीवनभरी पुग्छ झैं लागेको थियो, उहाँलाई । जापानकै कमाईले जमिन, घर, सुन सवै जोडिसक्नु भएकी उहाँलाई त्यत्तीछिटै आफूले कमाएको पैसा सिद्दिएला जस्तो लाागेको थिएन । अर्काको दुःख देखेपछि सहयोग गरिहाल्ने उहाँलाई आफैं रित्तिएको भने पत्तो नै भएन ।
आफूले पनि धेरै दुःख र हण्डर पाएको हुँदा अरुको दुःख पनि आफ्नै हो जस्तो लाग्थ्यो पार्वतीलाई । आफूसँग भएको पैसा अरुको सजिलाका लागि दिदाँ खुशी मान्ने पार्वतीले आफूसँगे पैसा नभएको बेला माईतीबाट ल्याएर पनि सहयोग गरेको बताउनु हुन्छ, पार्वती । यसरी नै नजिकका आफन्तले पैसा चाहियो भन्दै समस्या सुनाउनु भयो । आफूसँग थिएन । माईती गाउँबाट ९ लाख ५० हजार रुपैंयाँ ऋण काडेर ल्याईदिँए । अहिले त्यही पैसा फर्किएन । व्याज त कँहा हो कँहा साँवा समेत फर्कने आशा मरिसक्यो पार्वती भन्नुहुन्छ । मेरो विश्वास गरेर ऋण दिनेले कचकच गरेपछि आफैंसँग भएको पैसा माईतीका पैसा तिरिदिँए, अहिले आफूलाई परिहाल्यो भने पैसा कहाँ खोज्ने? भनेजस्तो लाग्छ । आफैंसँग गुनासो गर्नुहुन्छ उहाँ ।
उमेरले भर्खरै ३० बर्ष पूरा हुनुभएकी पार्वती खड्का, रत्ननगर नगरपालिका वडा नं ४ शान्तिनगर चितवनमा बस्नुहुन्छ । पार्वतीको परिवारमा जम्मा ७ जना हुनुहुन्छ । उहाँको श्रीमान् जापानबाट फर्किएर रसिया पसेको २ वर्ष भयो । देवर देउरानी अष्ट्रेलियामा बस्नुहुन्छ । उहाँसँगै घरमा सासु, ससुरा, छोरा र पार्वती घरमा बस्नुहुन्छ । पार्वतीको परिवार खुशी र सुखी परिवार हो । परिवारमा, सवैले सवैलाई माया गर्नुपर्छ, दुःख र समस्यामा परेकालाई सहयोग गर्नुपर्छ भन्ने भावना रहेको छ । यसकारण उहाँको परिवार गाउँकै व्यवस्थित परिवार पनि हो ।
पार्वतीले घरमा १ वटा भैसी, २ वटा गाई र ५ वटा बाख्रा पाल्नु भएको छ । गाउँका अरुले जापान बसेर आएकी मान्छेले पनि गोबर सोहोर्ने हो र ? भन्दा उहाँ जापानका मान्छेले गरेको दुःख सम्झनु हुन्छ । हामी त अलि सम्पन्न भयौं भने घरको काम पनि आफैं गर्न अघि नसर्ने संस्कारमा हुर्किएका छौं, जस्तो लाग्छ, पार्वतीलाई ।
गाई बस्तु पाल्नको लागि घाँस चाहिन्छ । उहाँले ५ कठ्ठा जमिनमा घाँसखेती गर्नुभएको छ । उहाँ आफूले पालेको गाईको दुध घरमा खानको लागि राख्नुहुन्छ र बाँकी रहेको ५ लिटर डेरीमा लगेर बेच्ने गर्नुभएको छ । जापानबाट फर्किएपछि श्रीमान् श्रीमती मिलेर बङ्गुर, माछा र कुखुरा पालन व्यवसाय सुरु गर्नुभयो । तर उहाँहरुले गरेको लगानीले प्रतिफल दिन सकेन, व्यवसाय बन्द भयो । यसरी बिना सुझबुझ गरेको लागानी डुबेपछि आफूले विदेशमा पैसा कमाएर जोडेको सुन, गरगहना बेची ५ लाख लगानीबाट किराना पसल चलाउनु भयो । पसल चलाउन थालेको २ वर्ष नहुँदै बच्चा पेटमा आएपछि साहुनी बन्ने रहर पनि पूरा हुन सकेन । बच्चा जन्मियो बच्चा जम्मेपछि उहाँको दैनिकी फेरियो । सवै पैसा सिद्दियो र बच्चा हुर्कदै गएपछि फेरी पनि कमाउनका लागि विदेश जाने सोच आउन थाल्यो पार्वतीलाई ।
छोरा पढ्दै गयो । भएको पैसा सवै सिद्दियो । अव परिवार चलाउन समेत हम्मे हम्मे भएपछि श्रीमान् रसिया जानुभयो । दुःख सुख जीवन विभिन्न किसिमका उतारचढाबका बाबजुद पनि चलिरहेकै थियो । एकदिन गाउँमा रत्ननगर नगरपालिकाले चलाएको सुरक्षित आप्रवासन (सामी) कार्यक्रममाबाट गाउँमा भेला बोलाएको रहेछ । मैले पनि भेलामा आउने खबर पाँए । भेलामा गएपछि कक्षाको बारेमा थाहा पाए । डिप्रोक्स–नेपालको प्राविधिक सहयोगमा २१ हप्ता गाउँमा कक्षा चल्ने भएपछि उहाँपनि नियमित जान थाल्नु भयो । विदेशको दुःखलाई आफैंले महशुस गर्न पाएको हुँदा उहाँ पनि कक्षामा सक्रिय भएर सिक्नुहुन्थ्यो । सिकेको कुरा विदेशमा हुनुभएका श्रीमान् र परिवारमा समेत छलफल गर्नुहुन्थ्यो ।
उहाँले कक्षामा सिकेझैं हरेक काम गर्नुपूर्व परिवारमा सल्लाह लिने, योजना बनाउने बानीको विकास गर्नुभयो । अझ आजभोली त उहाँ आफू र परिवारले गरेको दैनिक हिसाव टिप्न थाल्नु भएको छ । यो बानीले उहाँलाई आम्दानी र खर्चको अवस्थाको बारेमा थाहा पाउन सजिलो भएको बताउनु हुन्छ । आम्दानी र खर्चको हिसावकिताव पछि उहाँका केही बानीहरु सुधारिएका छन् । आवश्यकता भन्दा बढि खर्च गर्नुहुँदैन, सकेसम्म धेरै बचत गर्नुपर्छ भन्ने सोचको विकास गरेको छ । त्यतीमात्र नभई पैसासँग जोडिएको हरेक कारोबारहरुमा ३ पटकसम्म सोच्ने बन्नु भएको छ । पार्वती ।
पार्वतीले बैंकमा खाता खोल्नु भएको थियो तर खातामा नियमित रुपमा बचत गर्ने बानी थिएन । वित्तीय साक्षरता कक्षामा बसेपछि पार्वतीले कामना विकास बैंकमा मासिक १ हजार रुपैंयाँ बचत गर्न थाल्नु भएको छ । त्यसै गरी सहकारी संस्थामा १ हजार र महिला समुहमा १ हजार गरी महिनाको ३ हजार रुपैंयाँ बचत गर्नु भएको छ । पहिला आफूले विदेशबाट पैंसा पठाउँदा मनि ट्रान्सफर मार्फत पठाउने गरेको र अहिले श्रीमान्ले पनि मनि ट्रान्सफरबाट पैसा पठाउँदा सवै पैसा खर्च हुने गरेको बताउने उहाँले आजभोली श्रीमान्लाई बंैंक खातामा पैसा पठाउन लगाउनु हुन्छ । यो बानीले सबै पैसा घर लगेर खर्च भईहाल्ने अवस्थाको अन्त्य भएको छ भन्नुहुन्छ, पार्वती ।
पार्वतीलाई आजभोली वित्तीय साक्षरता कक्षाको बिषयबस्तु सवैका लागि उत्तिकै महत्वपूर्ण रहेछन् जस्तो लाग्न थालेको छ । अझ आफैं जापान जानुअघि पैसाको बचत गर्ने विषयमा यसैगरी कक्षामा बसेर जान पाएको भए आज यस्तो दिन नआउने थियो, उहाँ खिन्न हुँदै भन्नुहुन्छ ।
जसरी पृथ्वी गोलो छ, जीवनको चाल पनि पृथ्वी जस्तै होला । पहिले अभावले चलेको जीवनमा पछि सुख आयो । फेरी कमाएर फर्किएको सवै पैसा अरुका लागि र व्यवसायमा परीक्षण गर्दै रित्तियो । अहिले पार्वतीको फेरिएको व्यवहारले उहाँहरुलाई लागेको ऋण घट्दै गएको छ । कक्षामा बसेर उहाँले नोटको महत्व बुझ्नु भएको छ । आजभोली विदेशबाट नन्दले खान मन लागेको कुरा खानु, लाउन मन लागेको कुरा लगाउनु भनेर पठाउनु भएको पैसा समेत बैंकमा जम्मा गर्ने गरेकी छु, भन्नुहुन्छ, पार्वती । अहिले उहाँलाई पैसाको मामिलामा सजिलै अरुलाई विश्वास गर्न नहुने रहेछ भन्ने लाग्छ ।
कक्षामा बसेर केही व्यवसायीक सीप विकास सम्वन्धी तालिम लिन पाए हुन्थ्यो भन्ने पार्वतीलाई रत्ननगर नगरपालिकाले चलाएको कुक तालिममा सहभागी बन्ने अवसर मिल्यो । पार्वतीलाई आफूले चाहे झैं भएपछि भगवानले नी तँ आँट म पुर्याउँछु भन्दा रहेछन् जस्तो लाग्न थालेको छ । गाउँमा कक्षा गठन भएकै कारण कक्षाका सवै सहभागीहरुले आफैले लिए जस्तो तालिम लिन पाउनु भएकोमा दंग हुनुहुन्छ, पार्वती । पार्वतीको जीवनमो प्रमाणपत्र थपिएको छ । ६५ दिन लामो कुकको तालिम निशुल्क पाउनु भएकी पार्वतीलाई अव फेरी जीवनले कता डोहोर्याउने हो, त्यो चाँही हेर्न बाँकी नै छ ।