Donate for a Good Cause

वित्तीय साक्षरताले समयको सदुपयोग गर्न मात्र हैन; पैसा कमाउन पनि सिकायो ।

३६ वर्षिया कल्पना चापागाँई वित्तीय साक्षरता  कक्षामा आउन थालेपछि समयको महत्व बुझेर समयको सदुपयोग गर्न थाल्नु भएको छ । यति मात्र नभई समयको सदुपयोग गरेर आफ्नो आम्दानीको स्रोत  पनि बढाउदै जानु भएको छ । कल्पना यतिबेला समय र कामसँग रमाउनु भएको छ । उहाँ काम र कमाईमा रमाउनु मात्र भएको छैन । कमाएर आफ्नै खुट्टामा उभिन सकेकोमा दंङ्ग हुनुहुन्छ ।

सुनवल नगरपालिका वडा नं. ११ जर्गाहा घर भएकी कल्पनाका श्रीमान् मुक्ति प्रसाद चापागाँई १५—२० वर्ष देखि साउदीमा काम गर्नुहुन्छ । एक छोरा र एक छोरी भएकी कल्पना सासु र ससुरासँग बस्दै आउनु भएको छ । काम गरेर बिदेशबाट श्रीमान्ले कमाएर पठाएको पैसाले घर खर्च चलाउन र छोराछोरीको पढाईलेखाईमा मात्र ठिक्क हुन्थ्यो । खेतमा फलेको धान, दाल र सिजनअनुसारको खाद्यान्न भित्राउँदा समेत त्यही बिदेशबाट आएको पैसा खर्च हुन्थ्यो । यसरी उदय देखि अस्तायसम्म बिदेशबाट आएको पैसा खर्च हुन्थ्यो तर समय बित्दै जाँदा कहिले? कहाँ? र कति? खर्च भयो भन्ने कुराको लेखाजोखा नै हुँदैन थियो भन्नुहुन्छ कल्पना ।

कल्पना चापागाँई सुनुवल नगरपालिकाले सञ्चालन गरेको सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत डिप्रोक्स –नेपालको प्राविधिक सहयोगमा चलेको वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षामा २०७८ साल मंसिर महिनादेखि सहभागीको रुपमा आउन थाल्नु भयो । हरेक हप्ताको १ दिन चल्ने चेतना वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षामा आउन थालेपछि कक्षामा छलफल हुने बिषयबस्तुले उहाँको मन जित्दै जान थाल्यो । आफूले गरिरहेको पैसा खेलाउने व्यहार धनी बनाउने खालको नरहेको थाहा पाएपछि उहाँ आफ्ना व्यवहार फेर्दै जान थाल्नु भयो ।

कक्षामा जानुअघि पनि कल्पनालाई बचत गर्नुपर्छ भन्ने थाहा थियो तर बचत गर्नका लागि उहाँसँग पैसा हुदैनथ्यो । बचत गर्न साथमा पैसा नहुँदा बचत गर्नका लागि कसरी पैसाको जोहो गर्ने भन्ने विषयले सधै सताउथियो । उहाँलाई खर्च गर्ने पैसा नै बचत गरेपछि घर खर्च धान्न पनि गाह्रो हुन्छ होला भन्ने लाग्थ्यो तर आजभोली उहाँलाई आफूले पैसा चिन्न नसकेको रहेछु भन्ने लागेको छ । कक्षामा आएपछि समय र पैसाको महत्व बुझेको छु भन्ने लागेको छ कल्पनालाई ।

जुन दिन देखि कल्पना कक्षामा जान थाल्नु भयो त्यसबेलादेखि नै उहाँले माटोको भुड्की लिनु भएको थियो । आफ्नो परिवारमा हुने दैनिक आम्दानी र खर्चको विवरण पासबुकमा लेख्न थालेपछि आम्दानी वापत आफूले बुझेको पैसा कँहा गईरहेको छ भनी थाहा पाउन थाल्नु भयो । आम्दानी खर्चको विवरणबाट आफ्नो ऐच्छिक चाहानाको लागि हुने खर्च धेरै भएको थाहा पाएपछि ऐच्छिक रुपमा हुने खर्च घटाएर माटोको भुड्कीमा बचत गर्न थाल्नु भयो ।

२४ हप्ता सम्म कक्षामा सहभागी भएर छलफल गर्दा उहाँले वैदेशिक रोजगारमा जाँदा तयार गरिने कागजपत्रको महत्व बुझ्नु भयो । उहाँले आफूले बुझे झैं बिदेश जाँदा श्रीमान्ले तयार गरेका सवै कागजपत्रहरु बिदेशबाट मगाएर सुरक्षित तरिकाले राख्नु भयो । श्रीमान्को श्रम अवधि कति बाँकी छ? रोजगारदातासँगको करार हेरेर श्रीमान्लाई समयमा नै श्रम नविकरण गर्नको लागि समेत सल्लाह दिनुहुन्थ्यो । 

वित्तीय साक्षरता कक्षामा व्यवसायीक योजनाको छनौट कसरी गरिन्छ भनी छलफल भयो । व्यवसायीक योजनाको निर्माणले कल्पनालाई पैसा कमाउने बाटो समात्न हौसला मिल्यो । व्यवसायीक योजना निर्माणले कल्पनालाई आफ्ना सपना पूरा गर्नका लागि थप बल दियो । कल्पनाले आम्दानीका लागि सानो भएपनि व्यवसाय गर्ने निधो गर्नुभयो । उहाँले गर्नसक्ने धेरै व्यवसाय मध्येबाट चटपटे व्यापार गर्ने योजना रोज्नु भयो । आफूले गर्न सक्ने अरु व्यवसाय चटपटे पसलको भन्दा अलि बढी लगानी लाग्ने खालका थिए । कल्पना आफ्नो अनुभव सुनाउनु हुन्छ । कल्पनाले चटपटे व्यवसाय खोल्नका लागि वित्तीय लक्ष्य तयार पार्नुभयो । व्यवसायका लागि चहिने पैसा पनि भुड्कीमा जम्मा पार्न थाल्नु भयो । २०७९ सालको जेठ महिनामा कक्षाको २४ वटै सत्रहरु छलफल भयो । कक्षा पनि सक्कियो, उहाँले कक्षामा बनाएको वित्तीय लक्ष्य अनुसारको चटपटे पसल खोलेर आफ्नो आम्दानी बढाउने लक्ष्य पनि पूरा गर्नुभयो ।

विदेशमा कमाउने श्रीमान्, खेती गरेर खानलाई पुग्ने जमिन, सम्पन्न परिवारकी कल्पनालाई ठेलामा चटपट लिएर हिँड्दा कसैले केही भन्छन् की भन्ने लाज फाल्न वित्तीय साक्षरता कक्षाले निकै ठुलो बल दियो । भुड्किमा बचत गरेको ३ हजार रुपैंया लगानी गरी सुरुवात गरेको कल्पनाको चटपट व्यवसायको अहिलेको लगानी १५ हजार पुगेको छ । विहान घरगोठको कामधन्दा सकेर छोराछोरीलाई स्कुल पठाएपछि उहाँ ठेलामा चटपट बनाउने सामान लिएर संगमचोक जानु हुन्छ । दिनभरी घरमा मोवाईल चलाएर बस्ने अनि अल्छि लागे सुतिदिने कल्पनालाई वित्तीय साक्षरता कक्षाले पैसा कमाउने बाटो दिएको छ भने समयको महत्व पनि प्रष्ट बनाईदिएको छ । यसरी कक्षाले आफूलाई चीर निन्द्राबाट व्यूझाई दिएकोमा कल्पना खुशी हुनुहुन्छ ।

कल्पना दिनभरीको चटपटे व्यापारबाट ५ सय सम्म नाफा कमाउनु हुन्छ । सुरुमा चटपटे मात्र बनाएर बेच्ने कल्पनाले आजभोली ठेलामा फुल्की चाट, बिस्कुट, चाउचाउ, मिठाई सहित चटपटेको व्यापार गर्नुहुन्छ । दैनिक व्यापार गर्न थालेदेखि उहाँको हातमा पैसा टुटेको छैन । आफैंले कमाएको पैसा आफ्नै हातले खेलाउन पाउँदा मिल्ने सन्तुष्टि शायदै शब्दमा भन्न सकिन्न, उहाँ भन्नुहुन्छ ।

कल्पनाले व्यापार गरेर कमाएको पैसाको केहि अंश छोरीको नाममा सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थामा ऐच्छिक बचत गरिदिन थाल्नु भएको छ । त्यही सहकारी संस्थामा आफ्नो अनि श्रीमान्को नाममा महिनाको ५र५ सय रुपैंया बचत गर्नुभएकी कल्पनाले श्रीमान् र आफ्नो नामबाट गर्ने मासिक बचत बढाएर २ हजार रुपैंया पुर्याउनु भएको छ ।

कक्षामा जानु अघि मलाई पैसा भए त जे पनि गर्न सकिन्छ । किन त्यो कक्षामा जानुप¥र्यो भन्ने मेरो गलत सोचलाई पखाल्न सँके । कक्षामा जानेको कुरा जीवन बदल्ने सुत्रको रुपमा लिँए । आफ्नो सपना पूरा गर्ने दृढ संकल्प र प्रतिवद्ध भएर लाग्यो भने एकदिन अवश्य सफल हुन सकिँदो रहेछ भन्ने महशुस गरेकी छु, भन्नुहुन्छ कल्पना । आफ्नो जीवन बदल्नका लागि वित्तीय साक्षरता कक्षा निकै नै महत्वपुर्ण र प्रभावकारी भएको हुँदा पहिले नै हाम्रो गाउँमा आईदिएको भए यतिबेलासम्म लखपती भईसक्ने रहेछु भन्नुहुन्छ, कल्पना ।

आज भोली कल्पनालाई घरधन्दा सकेर कतिखेर संगम चोकमा पुँगौं झैं हुन्छ । कमाउनका लागि १ मिनेटको समयले पनि धेरै फरक पार्ने रहेछ भन्ने अनुभव छ उहाँसँग । संगम चोकमा पुगिसकेपछि कल्पनालाई न त मोवाईल हेर्ने फुर्सद हुन्छ त न त कसैसँग कुराकानी गर्न । मात्र व्यवस्त हुनुहुन्छ, चटपटे बनाउन र बेच्नमा ।३६ वर्षिया कल्पना चापागाँई वित्तीय साक्षरता  कक्षामा आउन थालेपछि समयको महत्व बुझेर समयको सदुपयोग गर्न थाल्नु भएको छ । यति मात्र नभई समयको सदुपयोग गरेर आफ्नो आम्दानीको स्रोत  पनि बढाउदै जानु भएको छ । कल्पना यतिबेला समय र कामसँग रमाउनु भएको छ । उहाँ काम र कमाईमा रमाउनु मात्र भएको छैन । कमाएर आफ्नै खुट्टामा उभिन सकेकोमा दंङ्ग हुनुहुन्छ ।

सुनवल नगरपालिका वडा नं. ११ जर्गाहा घर भएकी कल्पनाका श्रीमान् मुक्ति प्रसाद चापागाँई १५—२० वर्ष देखि साउदीमा काम गर्नुहुन्छ । एक छोरा र एक छोरी भएकी कल्पना सासु र ससुरासँग बस्दै आउनु भएको छ । काम गरेर बिदेशबाट श्रीमान्ले कमाएर पठाएको पैसाले घर खर्च चलाउन र छोराछोरीको पढाईलेखाईमा मात्र ठिक्क हुन्थ्यो । खेतमा फलेको धान, दाल र सिजनअनुसारको खाद्यान्न भित्राउँदा समेत त्यही बिदेशबाट आएको पैसा खर्च हुन्थ्यो । यसरी उदय देखि अस्तायसम्म बिदेशबाट आएको पैसा खर्च हुन्थ्यो तर समय बित्दै जाँदा कहिले? कहाँ? र कति? खर्च भयो भन्ने कुराको लेखाजोखा नै हुँदैन थियो भन्नुहुन्छ कल्पना ।

कल्पना चापागाँई सुनुवल नगरपालिकाले सञ्चालन गरेको सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत डिप्रोक्स –नेपालको प्राविधिक सहयोगमा चलेको वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षामा २०७८ साल मंसिर महिनादेखि सहभागीको रुपमा आउन थाल्नु भयो । हरेक हप्ताको १ दिन चल्ने चेतना वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षामा आउन थालेपछि कक्षामा छलफल हुने बिषयबस्तुले उहाँको मन जित्दै जान थाल्यो । आफूले गरिरहेको पैसा खेलाउने व्यहार धनी बनाउने खालको नरहेको थाहा पाएपछि उहाँ आफ्ना व्यवहार फेर्दै जान थाल्नु भयो ।

कक्षामा जानुअघि पनि कल्पनालाई बचत गर्नुपर्छ भन्ने थाहा थियो तर बचत गर्नका लागि उहाँसँग पैसा हुदैनथ्यो । बचत गर्न साथमा पैसा नहुँदा बचत गर्नका लागि कसरी पैसाको जोहो गर्ने भन्ने विषयले सधै सताउथियो । उहाँलाई खर्च गर्ने पैसा नै बचत गरेपछि घर खर्च धान्न पनि गाह्रो हुन्छ होला भन्ने लाग्थ्यो तर आजभोली उहाँलाई आफूले पैसा चिन्न नसकेको रहेछु भन्ने लागेको छ । कक्षामा आएपछि समय र पैसाको महत्व बुझेको छु भन्ने लागेको छ कल्पनालाई ।

जुन दिन देखि कल्पना कक्षामा जान थाल्नु भयो त्यसबेलादेखि नै उहाँले माटोको भुड्की लिनु भएको थियो । आफ्नो परिवारमा हुने दैनिक आम्दानी र खर्चको विवरण पासबुकमा लेख्न थालेपछि आम्दानी वापत आफूले बुझेको पैसा कँहा गईरहेको छ भनी थाहा पाउन थाल्नु भयो । आम्दानी खर्चको विवरणबाट आफ्नो ऐच्छिक चाहानाको लागि हुने खर्च धेरै भएको थाहा पाएपछि ऐच्छिक रुपमा हुने खर्च घटाएर माटोको भुड्कीमा बचत गर्न थाल्नु भयो ।

२४ हप्ता सम्म कक्षामा सहभागी भएर छलफल गर्दा उहाँले वैदेशिक रोजगारमा जाँदा तयार गरिने कागजपत्रको महत्व बुझ्नु भयो । उहाँले आफूले बुझे झैं बिदेश जाँदा श्रीमान्ले तयार गरेका सवै कागजपत्रहरु बिदेशबाट मगाएर सुरक्षित तरिकाले राख्नु भयो । श्रीमान्को श्रम अवधि कति बाँकी छ? रोजगारदातासँगको करार हेरेर श्रीमान्लाई समयमा नै श्रम नविकरण गर्नको लागि समेत सल्लाह दिनुहुन्थ्यो । 

वित्तीय साक्षरता कक्षामा व्यवसायीक योजनाको छनौट कसरी गरिन्छ भनी छलफल भयो । व्यवसायीक योजनाको निर्माणले कल्पनालाई पैसा कमाउने बाटो समात्न हौसला मिल्यो । व्यवसायीक योजना निर्माणले कल्पनालाई आफ्ना सपना पूरा गर्नका लागि थप बल दियो । कल्पनाले आम्दानीका लागि सानो भएपनि व्यवसाय गर्ने निधो गर्नुभयो । उहाँले गर्नसक्ने धेरै व्यवसाय मध्येबाट चटपटे व्यापार गर्ने योजना रोज्नु भयो । आफूले गर्न सक्ने अरु व्यवसाय चटपटे पसलको भन्दा अलि बढी लगानी लाग्ने खालका थिए । कल्पना आफ्नो अनुभव सुनाउनु हुन्छ । कल्पनाले चटपटे व्यवसाय खोल्नका लागि वित्तीय लक्ष्य तयार पार्नुभयो । व्यवसायका लागि चहिने पैसा पनि भुड्कीमा जम्मा पार्न थाल्नु भयो । २०७९ सालको जेठ महिनामा कक्षाको २४ वटै सत्रहरु छलफल भयो । कक्षा पनि सक्कियो, उहाँले कक्षामा बनाएको वित्तीय लक्ष्य अनुसारको चटपटे पसल खोलेर आफ्नो आम्दानी बढाउने लक्ष्य पनि पूरा गर्नुभयो ।

विदेशमा कमाउने श्रीमान्, खेती गरेर खानलाई पुग्ने जमिन, सम्पन्न परिवारकी कल्पनालाई ठेलामा चटपट लिएर हिँड्दा कसैले केही भन्छन् की भन्ने लाज फाल्न वित्तीय साक्षरता कक्षाले निकै ठुलो बल दियो । भुड्किमा बचत गरेको ३ हजार रुपैंया लगानी गरी सुरुवात गरेको कल्पनाको चटपट व्यवसायको अहिलेको लगानी १५ हजार पुगेको छ । विहान घरगोठको कामधन्दा सकेर छोराछोरीलाई स्कुल पठाएपछि उहाँ ठेलामा चटपट बनाउने सामान लिएर संगमचोक जानु हुन्छ । दिनभरी घरमा मोवाईल चलाएर बस्ने अनि अल्छि लागे सुतिदिने कल्पनालाई वित्तीय साक्षरता कक्षाले पैसा कमाउने बाटो दिएको छ भने समयको महत्व पनि प्रष्ट बनाईदिएको छ । यसरी कक्षाले आफूलाई चीर निन्द्राबाट व्यूझाई दिएकोमा कल्पना खुशी हुनुहुन्छ ।

कल्पना दिनभरीको चटपटे व्यापारबाट ५ सय सम्म नाफा कमाउनु हुन्छ । सुरुमा चटपटे मात्र बनाएर बेच्ने कल्पनाले आजभोली ठेलामा फुल्की चाट, बिस्कुट, चाउचाउ, मिठाई सहित चटपटेको व्यापार गर्नुहुन्छ । दैनिक व्यापार गर्न थालेदेखि उहाँको हातमा पैसा टुटेको छैन । आफैंले कमाएको पैसा आफ्नै हातले खेलाउन पाउँदा मिल्ने सन्तुष्टि शायदै शब्दमा भन्न सकिन्न, उहाँ भन्नुहुन्छ ।

कल्पनाले व्यापार गरेर कमाएको पैसाको केहि अंश छोरीको नाममा सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थामा ऐच्छिक बचत गरिदिन थाल्नु भएको छ । त्यही सहकारी संस्थामा आफ्नो अनि श्रीमान्को नाममा महिनाको ५र५ सय रुपैंया बचत गर्नुभएकी कल्पनाले श्रीमान् र आफ्नो नामबाट गर्ने मासिक बचत बढाएर २ हजार रुपैंया पुर्याउनु भएको छ ।

कक्षामा जानु अघि मलाई पैसा भए त जे पनि गर्न सकिन्छ । किन त्यो कक्षामा जानुप¥र्यो भन्ने मेरो गलत सोचलाई पखाल्न सँके । कक्षामा जानेको कुरा जीवन बदल्ने सुत्रको रुपमा लिँए । आफ्नो सपना पूरा गर्ने दृढ संकल्प र प्रतिवद्ध भएर लाग्यो भने एकदिन अवश्य सफल हुन सकिँदो रहेछ भन्ने महशुस गरेकी छु, भन्नुहुन्छ कल्पना । आफ्नो जीवन बदल्नका लागि वित्तीय साक्षरता कक्षा निकै नै महत्वपुर्ण र प्रभावकारी भएको हुँदा पहिले नै हाम्रो गाउँमा आईदिएको भए यतिबेलासम्म लखपती भईसक्ने रहेछु भन्नुहुन्छ, कल्पना ।

आज भोली कल्पनालाई घरधन्दा सकेर कतिखेर संगम चोकमा पुँगौं झैं हुन्छ । कमाउनका लागि १ मिनेटको समयले पनि धेरै फरक पार्ने रहेछ भन्ने अनुभव छ उहाँसँग । संगम चोकमा पुगिसकेपछि कल्पनालाई न त मोवाईल हेर्ने फुर्सद हुन्छ त न त कसैसँग कुराकानी गर्न । मात्र व्यवस्त हुनुहुन्छ, चटपटे बनाउन र बेच्नमा ।