सोमारको तरकारी खेती, कुवेत बस्ने श्रीमतीको फेरिएको मन

हेलम्बु गाउपालिका बडा नं. ७ पातिङका सोमार तामाङ ४७ वर्षको हुनुभयो । सोमार तामाङको परिवारमा श्रीमती, दुई छोरी, एक छोरा गरी ५ जना हुनुहुन्छ । जेठी छोरी विहे भईसकेको र छोरा काठमाडौंमा पढ्न बसेको हुँदा घरमा कान्छी छोरीको लागि आमा र बुवा दुवैको भुमिका निभाउनु परेको छ, सोमारले । उमेर बढ्दै गएपछि आफैंलाई साहारा चाहिने बेला श्रीमतीको साथ समेत पाउनु भएको छैन उहाँले । एक्लै बस्नुपर्दा मन एकोहोरो भईरहने रहेछ भन्ने अनुभव छ उहाँको ।
परिवारले बाँच्नका लागि गरीवीसँग जुध्नुपर्यो । आफै वैदेशिक रोजगारीमा जान एजेन्टले धेरै पैसा माग्ने भएको हुँदा श्रीमतीलाई कुवेतमा काम गर्न पठाउने निर्णय गर्नुभएको हो सोमारले । आजभोली भन्दा भन्दै श्रीमती कुवेत बस्न थालेको ९ बर्ष बितिसक्यो । मुस्किलले दुई वर्षमा साठी दिनको छुट्टीमा घर आउँछिन् । उहाँ भन्नुहुन्छ श्रीमतीको राम्रोसँग थकाई मर्न नपाउँदै फेरी फर्कनु पर्छ सोमार सुनाउनुहुन्छ ।
सोमारलाई श्रीमती विदेशमा काम गर्न पठाएर बसी बसी श्रीमतीको कमाई खाने भनेर गाउँलेले भनेको सुन्दा नराम्रो लाग्थ्यो । तर बाध्यताले आजभोली गाउँबाट म जस्तै धेरैको श्रीमती विदेशमा बस्न थालेका छन् । गाउँबाट सवै परदेश जाने भएपछि गाउँलेलाई पनि अरुका कुरा काट्नु कि आफ्नो घरको भ्वांङ्ग टाल्नु भन्ने चिन्ता हुने रहेछ उहाँ भन्नुहुन्छ ।
सोमारलाई श्रीमती विदेशमा काम गर्न पठाएर बसी बसी श्रीमतीको कमाई खाने भनेर गाउँलेले भनेको सुन्दा नराम्रो लाग्थ्यो । तर बाध्यताले आजभोली गाउँबाट म जस्तै धेरैको श्रीमती विदेशमा बस्न थालेका छन् । गाउँबाट सवै परदेश जाने भएपछि गाउँलेलाई पनि अरुका कुरा काट्नु कि आफ्नो घरको भ्वांङ्ग टाल्नु भन्ने चिन्ता हुने रहेछ उहाँ भन्नुहुन्छ । सुरुसुरुमा श्रीमती बिदेश गएर कमाएपछि सोमारले पनि कमाएको पैसा सवै घरखर्च, ऋण तिर्न र मराउ पराउकै लागि खर्च गर्नुभयो । धार्मिक संस्कार खर्चिलो हुँदा पठाएको पैसा बच्ने अवस्था नै थिएन उहाँको । ऋण तिरी सकियो । गाउँमा हेलम्बु गाउँपालिकाले चलाएको सुरक्षित आप्रवासन (सामी) कार्यक्रमबाट विदेशबाट पठाएको पैसा बुझिलिनेका लागि वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा चल्ने भयो । डिप्रोक्स– नेपालको प्राविधिक सहयोगमा गाउँमै चल्ने कक्षामा आउन उहाँलाई पनि गाउँलेबाट खबर आयो । उहाँलाई कक्षामा बस्नुपर्छ भन्ने लागेकै थिएन । बैठकमा के हुनेरहेछ भन्ने लागेर उहाँ सहभागी भएको कुरा बताउनु हुन्छ ।
को को आउँदा रहेछन् भनी हेर्न जानुभएका सोमा अन्ततः कक्षामा सहभागी हुनुभयो । कक्षामा विदेश जानेले बगाएको पसिनाको मुल्यको बारेमा छलफल हुने कुराले मलाई पनि आकर्षित गर्यो भन्नु हुन्छ उहाँ । आफै कक्षामा बस्न थालेपछि आफूले थाहा नपाएका धेरै कुरा जान्ने मौका मिल्यो भन्नुहुन्छ सोमार ।
कक्षामा जानुअघि बचत गर्ने खाता समेत थिएन सोमारको । कक्षामा बचतको महत्वको बारेमा बुझेपछि बचत गर्न सुरु गरें भन्नुहुन्छ उहाँ ।