Vacancy for Master Trainer

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएस्एआइडी) को सहयोगमा विनरक इन्टरनेशनलले कृषि क्षेत्रको समुत्थान, समावेशीकरण र आय वृद्धिमा दिगोपना ल्याउने उद्देश्यका साथ नेपालमाज्ञानमा आधारित एकीकृत दिगो कृषि (किसान) २ परियोजना ४ वटा प्रदेशका २५ जिल्लाहरुमा कार्यान्वयन गरिरहेको छ । यस परियोजना अन्तर्गतको व्यावसायिक साक्षरता सम्भागलेहजारौं सहभागीलाई कृषि व्यवसाय विकासका विभिन्न विषयमा तालिम प्रदान गरी उनीहरूलाई ब्यवसायमा अग्रसर गराउंदैछ ।

यसका लागि दोस्रो चरणमा प्रदेश ३ र ५ का सिन्धुपाल्चोक, अर्घाखाँची र सल्यान जिल्लाका लागि प्रशिक्षकपदमा केही कर्मचारीहरुको आवश्यकता भएकाले देहाय बमोजिमको योग्यता तथा अनुभवपुगेका इच्छुक नेपाली नागरिकहरुबाट दरखास्तआव्हान गरिएको छ।

प्रशिक्षक(Master Trainer) – ३
  • सामुदायिक प्रशिक्षकहरुलाई प्रशिक्षण (TOT) दिने,
  • सामुदायिक प्रशिक्षकहरुलाई व्यावसायिक साक्षरता तालिम सञ्चालनमा सहयोग गर्ने,
  • तालिमको नियमित अनुगमनगर्ने,
  • पूर्व परीक्षा र अन्तिम परीक्षाहरुको लागि सहजीकरण,
  • वरिष्ठ प्रशिक्षकर साक्षरता तथा ब्यावसायिक शीप विकास अधिकृत संगको समन्वयमा कम्पोनेन्टका अन्यकार्यमा सहयोग गर्ने,
  • तथ्याङ्क ब्यवस्थापन, अनुगमन, मूल्यांङ्कन र सिकाईका क्रियाकलापहरुमा जिम्मेवारी ।
  • ब्यावसायिक कामको अनुभव भएको वा ब्यावसायिक कार्यमा सहजीकरण गर्न सक्ने,
  • परियोजनाले दिने तालिमका विषय बस्तुबारे आधारभूत जानकारी भएको,
  • तलिम कार्यमा अनुभवी, सहजीकरण शीप भएको,
  • सामाजिक परिचालनको शीप भएको,
  • कम्प्युटर एप्लिकेसनबारे जानकार रहेको,
  • तथ्याङ्क ब्यवस्थापनमा अनुभवी,
  • कम्तीमा १०+२ वा ISc Ag. उत्तीर्ण गरी सम्वन्धित क्षेत्रमा दुई वर्षको कार्य अनुभव रहेको ।
  • २१ वर्ष पुरा भई ४०वर्ष ननाघेको ।

माथिको योग्यता र क्षमता भएका ब्यक्तिहरुले निवेदन, आफ्नो योग्यता प्रमाणित हुने कागजात र नेपाली नागरिकताको प्रतिलिपि सहित [email protected] वा डिप्रोक्स नेपाल पो.व. नं १०९५३, काठमाण्डौं वा किसान २ परियोजनाका कार्यालयहरुमा २०७५।१२।२६ को कार्यालय समयभित्र आवेदनदिन सक्नुहुनेछ । छोटो सूचीमा पर्न सफल उमेदवारहरुलाई मात्र लिखित र अन्तर्वार्ताका लागि सूचित गरी छनौट प्रकृयामा समावेश गरिनेछ। टेलिफोन सम्पर्कलाई निरुत्साहित गरिएको छ । उमेदवारहरुको चयन गर्ने वा नगर्ने वा यो आवश्यकता सम्बन्धी सूचना खारेज गर्ने समेतको अधिकार संस्थामानिहित रहने समेत जानकारी गराइन्छ । महिला र पछाडी पारिएका समुदायका उमेदवारहरुलाई प्रेरित गरिनेछ ।