Vacancy for Master Trainer for Dailekh and Jajarkot

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएस्एआइडी) को सहयोगमा विनरक इन्टरनेशनलले कृषि क्षेत्रको समुत्थान, समावेशीकरण र आय वृद्धिमा दिगोपना ल्याउने उद्देश्यका साथ नेपालमा ज्ञानमा आधारित एकीकृत दिगो कृषि (किसान) २ परियोजना ४ वटा प्रदेशका २५ जिल्लाहरुमा कार्यान्वयन गरिरहेको छ । यस परियोजना अन्तर्गतको व्यावसायिक साक्षरता सम्भागले हजारौं सहभागीलाई कृषि व्यवसाय विकासका विभिन्न विषयमा तालिम प्रदान गरी उनीहरूलाई ब्यवसायमा अग्रसर गराउंदैछ ।

सहभागीहरुलाई प्रदान गरिने तालिमको ब्यवस्थापन गर्न कर्णाली प्रदेश अन्तर्गत दैलेख र जाजरकोट जिल्लाहरु भित्र काम गर्न ५ महिनाका लागि प्रशिक्षक पदमा कर्मचारी आवश्यकता भएकाले देहाय बमोजिमको योग्यता तथा अनुभव पुगेका इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आव्हान गरिएको छ ।

 

पदःप्रशिक्षक (Master Trainer),                       संख्या(२)                        

गर्नुपर्ने कार्य:

  • सामुदायिक प्रशिक्षकहरुलाई प्रशिक्षण (TOT),
  • सामुदायिक प्रशिक्षकहरुलाई व्यावसायिक साक्षरता तालिम सञ्चालनमा सहयोग,
  • तालिमको नियमित अनुगमन,
  • पूर्व परीक्षा र अन्तिम परीक्षाहरुको लागि सहजीकरण,
  • वरिष्ठ प्रशिक्षक र साक्षरता तथा ब्यावसायिक शीप विकास अधिकृतसंगको समन्वयमा सम्भागका अन्य कार्यमा सहयोग,
  • तथ्याङ्क ब्यवस्थापन, अनुगमन, मूल्यांङ्कन र सिकाईका क्रियाकलापहरुमा जिम्मेवारी ।
योग्यताः

  • ब्यावसायिक कामको अनुभव भएको वा ब्यावसायिक कार्यमा सहजीकरण गर्न सक्ने,
  • परियोजनाले दिने तालिमका विषयबस्तुबारे आधारभूत जानकारी भएको,
  • तालिम कार्यमा अनुभवी, सहजीकरण शीप भएको,
  • सामाजिक परिचालनको शीप भएको,
  • कम्प्युटर एप्लिकेसनबारे जानकार रहेको,
  • तथ्याङ्क ब्यवस्थापनमा अनुभवी,
  • स्नातक उत्तीर्ण गरेको वा १०+२ उत्तीर्ण गरी एक वर्षको कार्य अनुभव रहेको,
  • २१ वर्ष पुरा भएको र धेरै स्थानमा गई सहजीकरण गर्न सक्ने ।

उल्लेखित कार्य गर्न इच्छुक भई योग्यता पुगेका ब्यक्तिहरुले निवेदन, आप्mनो योग्यता प्रमाणित हुने कागजात र नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि सहित [email protected] वा डिप्रोक्स नेपाल पो.व. नं १०९५३, काठमाण्डौं वा किसान २ परियोजनाका कार्यालयहरुमा २०७७/०७/१३ गते कार्यालय समय भित्र आवेदन दिन सक्नुहुनेछ । छोटो सूचीमा पर्न सफल उमेदवारहरुलाई मात्र लिखित र अन्तर्वार्ताका लागि सूचित गरी छनौट प्रकृयामा समावेश गरिनेछ । टेलिफोन सम्पर्कलाई निरुत्साहित गरिएको छ । उमेदवारहरुको चयन गर्ने, नगर्ने वा यो सूचना खारेज गर्ने समेतको अधिकार संस्थामा निहित रहने छ । महिला र पछाडी पारिएका समुदायका उमेदवारहरुलाई दरखास्त दिन प्रेरित गरिएको छ ।