Vacancy for Master Trainer

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएस्एआइडी) को सहयोगमा विनरक इन्टरनेशनलले कृषि क्षेत्रको समुत्थान, समावेशीकरण र आय वृद्धिमा दिगोपनाल्याउने उद्देश्यका साथनेपालमाज्ञानमा आधारित एकीकृत दिगो कृषि (किसान) २ परियोजना४ वटा प्रदेशका २५ जिल्लाहरुमा कार्यान्वयन गरिरहेको छ । यस परियोजनाअन्तर्गतको व्यावसायिक साक्षरतासम्भागले हजारौं सहभागीलाई कृषिव्यवसाय विकासका विभिन्न विषयमा तालिमप्रदान गरी उनीहरूलाई ब्यवसायमा अग्रसर गराउंदैछ ।
सहभागीहरुलाई प्रदानगरिने तालिमको ब्यवस्थापनगर्न कर्णाली प्रदेश अन्तर्गत जाजरकोट र सल्यान, बागमती प्रदेशको मकवानपुर, सुदुरपश्चिमप्रदेशको डोटी, लुम्बिनी प्रदेश अन्तर्गत गुल्मी जिल्ला भित्र काम गर्न बढीमा ३ महिनाकालागि प्रशिक्षक पदमा कर्मचारीआवश्यकता भएकाले देहायबमोजिमको योग्यता तथा अनुभवपुगेका इच्छुक नेपाली नागरिकहरुबाट दरखास्तआव्हान गरिएको छ।

पदःप्रशिक्षक(Master Trainer) संख्या: केही
गर्नुपर्ने कार्य ः

  • सामुदायिक प्रशिक्षकहरुलाई प्रशिक्षण (TOT),
  • सामुदायिकप्रशिक्षकहरुलाई व्यावसायिक साक्षरता तालिम सञ्चालनमा सहयोग,
  • तालिमको नियमितअनुगमन,
  • पूर्व परीक्षा र अन्तिम परीक्षाहरुको लागि सहजीकरण,
  • वरिष्ठ प्रशिक्षकर साक्षरता तथा ब्यावसायिक शीप विकास अधिकृतसंगको समन्वयमासम्भागकाअन्यकार्यमा सहयोग,
  • तथ्याङ्कब्यवस्थापन, अनुगमन, मूल्यांङ्कन र सिकाईका क्रियाकलापहरुमा जिम्मेवारी ।
योग्यताः

  • ब्यावसायिककामको अनुभवभएको वाब्यावसायिककार्यमा सहजीकरण गर्न सक्ने,
  • परियोजनाले दिने तालिमका विषयबस्तुबारे आधारभूतजानकारी भएको,
  • तालिमकार्यमाअनुभवी, सहजीकरण शीपभएको,
  • सामाजिक परिचालनको शीपभएको,
  • कम्प्युटर एप्लिकेसनबारे जानकार रहेको,
  • तथ्याङ्क ब्यवस्थापनमाअनुभवी,
  • स्नातक उत्तीर्ण गरेको वा१०+२उत्तीर्ण गरी एकवर्षको कार्य अनुभवरहेको ।
  • २१ वर्ष पुरा भएको र धेरै स्थानमागई सहजीकरण गर्न सक्ने ।

 

उल्लेखितकार्य गर्न इच्छुक भई योग्यतापुगेका ब्यक्तिहरुले निवेदन, आप्mनो योग्यता प्रमाणित हुने कागजात र नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि सहित [email protected] वा डिप्रोक्स नेपाल पो.व. नं १०९५३, काठमाण्डौं वाकिसान २ परियोजनाका कार्यालयहरुमा २०७७/०९/२२ गते कार्यालय समय भित्र आवेदनदिन सक्नुहुनेछ । छोटो सूचीमापर्न सफल उमेदवारहरुलाई मात्र लिखित र अन्तर्वार्ताका लागि सूचित गरी छनौट प्रकृयामा समावेश गरिनेछ। टेलिफोन सम्पर्कलाई निरुत्साहित गरिएको छ । उमेदवारहरुको चयन गर्ने, नगर्ने वा यो सूचनाखारेज गर्ने समेतको अधिकार संस्थामानिहित रहने छ । महिला र पछाडी पारिएका समुदायका उमेदवारहरुलाई दरखास्तदिन प्रेरित गरिएको छ ।