Vacancy for Field Facilitator

विकास आयोजना सेवा केन्द्र (डिप्रोक्स) नेपाल एक राष्ट्रिय स्तरको गैर सरकारी संस्था हो । यस संस्थाले नेपालका विभिन्न भौगोलिक क्षेत्रमा विविध विषयगत क्षेत्रमा काम गरिरहेको छ । हाल Jersey Overseas Aid (JOA) को आर्थिक सहयोग र Practical Action को अगुवाईमा “Empowering Women Farmers with Digital Finance, Nepal” परियोजना दाङ्ग जिल्लाको दंगीशरण र शान्तिनगर गाउँपालिका, रोल्पा जिल्लाको रुन्टीगढी, थवाङ, परिवर्तन र त्रिवेणी गाउँपालिका र रुकुम पूर्वको भुमे र पुथा उत्तरगंङ्गा गाउँपालिकाहरुमा सञ्चालन गर्न गैरहेको छ । सो परियोजनाका लागी काम गर्न केही फिल्ड सहजकर्ताहरुको आवश्यकता भएकोले देहाय बमोजमको योग्यता तथा अनुभव पुगेका इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आव्हान गरिएको छ ।

पदः फिल्ड सहजकर्ता (Field Facilitator), संख्या(४)

गर्नुपर्ने कार्य: योग्यताः
  • साना किसानहरुलाई प्रशिक्षक प्रशिक्षण तालिम तथा वित्तीय साक्षरता तालिम सञ्चालन,
  • महिला, समुह, सहकारी र महिला नेटर्वकहरुबाट महिला डिजिटल च्याम्पियन छनौटका लागी सहयोग,
  • लैङ्गिक कार्य सिकाई पद्दति (Gender Action Learning System), women agency building and household dialogue कार्यमा सहयोग,
  • महिला कृषकहरुको उद्यम विकासका लागि सहजीकरण,
  • महिला डिजिटल च्याम्पियनहरुलाई विद्युतीय प्रविधिको प्रयोग गर्न सहजीकरण,
  • महिला डिजिटल च्याम्पियनहरुलाई मोवाइल वालेट प्रयोग तथा ष्लकतबिि गर्न सहयोग,
  • महिला किसानहरुलाई उपयुक्त वित्तीय सेवाहरुमा पहँुच विस्तार गर्नको लागी चेतना तथा क्षमता अभिबृद्धि,
  • विद्युतीय वित्तीय साक्षरता तालिम सञ्चालन सामाग्रीहरुको उचित व्यवस्थापन, नियमित अनुगमन,
  • महिला डिजिटल च्याम्पियनहरुसँग आवश्यक परामर्श तथा सहजीकरण,
  • महिला समुह, सञ्जाल र सहकारीहरुको क्षमता अभिबृद्धि, सामुदायिक स्तरका सरोकारवाला निकायहरु तथा स्थानीय सरकारसँग समन्वय ।
  • वित्तीय/व्यावसायिक साक्षरता सम्बन्धी काममा कम्तिमा २ वर्षको कार्य अनुभव भएको र डिजिटल वित्तीय प्रविधि प्रयोगको राम्रो ज्ञान भएको,
  • तालिम सञ्चालन कार्यमा अनुभवी, सहजीकरण र सामाजिक परिचालनको शीप भएको,
  • कम्प्युटर एप्लिकेसनबारे (MS word, excel) जानकार रहेको,
  • तथ्याङ्क ब्यवस्थापनमा अनुभवी,
  • महिला तथा समावेशीकरणका सवालमा जानकार । एवं Women agency building लैङ्गिक कार्य सिकाई पद्दति (Gender Action Learning System), household dialogue जस्ता विषयमा सशक्तीकरण गरेको अनुभव भएकालाई ग्राह्यता ।ड्ड स्नातक उत्तीर्ण गरेको वा १०+२ उत्तीर्ण गरी कम्तीमा ३ वर्षको कार्य अनुभव रहेको ।
  • २१ वर्ष पुरा भएको र धेरै स्थानमा गई सहजीकरण गर्न सक्ने ।

उल्लेखित कार्य गर्न इच्छुक भई योग्यता पुगेका ब्यक्तिहरुले निवेदन, आप्mनो योग्यता प्रमाणित हुने कागजात र नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि सहित [email protected] वा डिप्रोक्स नेपाल पो.व. नं १०९५३, काठमाण्डौं वा परियोजनाको कार्यलय दाङ्गमा २०७९/०६/१२ गते कार्यालय समयभित्र आवेदन दिन सक्नुहुनेछ । छोटो सूचीमा पर्न सफल उमेदवारहरुलाई मात्र लिखित र अन्तर्वार्ताका लागि सूचित गरी छनौट प्रकृयामा समावेश गरिने छ । टेलिफोन सम्पर्कलाई निरुत्साहित गरिएको छ । उमेदवारहरुको चयन गर्ने, नगर्ने वा यो सूचना खारेज गर्ने समेतको अधिकार संस्थामा निहित रहने छ । परियोजना कार्यक्षेत्रको महिला र पछाडि पारिएका समुदायका उमेदवारहरुलाई दरखास्त दिन प्रेरित गरिएको छ ।