Vacancy for Community Trainer - DEPROSC Nepal

Vacancy for Community Trainer

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएस्एआइडी) को सहयोगमा विनरक इन्टरनेशनलले कृषि क्षेत्रको समुत्थान, समावेशीकरण र आय वृद्धिमा दिगोपना ल्याउने उद्देश्यका साथ नेपालमा ज्ञानमा आधारित एकीकृत दिगो कृषि (किसान) २ परियोजना ४ वटा प्रदेशका २५ जिल्लाहरुमा सञ्चालन गरिरहेको छ । यस परियोजना अन्तर्गतको व्यावसायिक साक्षरता सम्भागले दोस्रो चरणमा तल उल्लेखित क्षेत्रमा बसोबास गर्ने करीब पाँच हजार सहभागीहरुलाई २२८ स्थानमा कृषि व्यवसाय विकासका लागि विभिन्न विषयहरुमा तालिम प्रदान गरी ब्यवसायमा अग्रसर गराउंदैछ ।

प्रदेश जिल्ला गाउँपालिका, नगरपालिका र उपमहानगरपालिका । वडा नं. हरु कोष्ठमा राखिएको ।
मकवानपुर गाउँपालिका ( बागमती (२,६ र ८), कैलाश (९), इन्द्रसरोवर (२,३ र ५), मनहरी (६ र ८) नगरपालिका – थाहा (२, र ४)
काभ्रे नगरपालिका – पाँचखाल (५,६ र १०), धुलिखेल (२ र ८), मण्डनदेउपुर (७)नमोबुद्ध (४ र६)
गाउँपालिका – भुम्लु (८)
सिन्धुपाल्चोक नगरपालिका– मेलम्ची(१,२,३,५,१०,११,१२ र १३)
कपिलबस्तु नगरपालिका –बुद्धभूमि (१ र४), कपिलवस्तु (६,९र १०), बाणगंगा (३,७,९ र ११)
अर्घाखाँची गाउँपालिका ( मालारानी (४, ५)
नगरपालिका – भुमिकास्थान (३), सन्धिखर्क (२, ४, ८ र १०)
पाल्पा नगरपालिका –तानसेन (६,७ र ८), गाउँपालिका – बगनासकाली (३,४ र ५)
दाङ्ग गाउँपालिका (राप्ती (३,७ र ८)
नगरपालिका– घोराही उ.म.न.पा (१७), लमही न.पा (१,२,३ र४)
प्यूठान नगरपालिका –प्युठान (१,२,३ र १०),माण्डवी गा.पा.(१,२ र ५)
सल्यान गाउँपालिका – कपुरकोट (१,२,३,४,५ र ६),
बाँके गाउँपालिका ( खजुरा (२,३ र ८), राप्तीसोनारी (५,६ र ७)
बर्दिया गाउँपालिका ( गेरुवा (१,२ र ३), नगरपालिका ( राजापुर (३,४,५,६,८,९ र १०), मधुवन (१,२ र ३) बारबर्दिया (१ र २) ठाकुरबाबा (२,४ र ८)
कैलाली गाउँपालिका (बर्दगोरिया (२,), कैलारी (२,३,४ र ५)
नगरपालिका – टीकापुर .(१,२ र ५) गोदावरी (४,६,७ र ८), गौरीगंगा (२), लम्कीचुवा (२)
कञ्चनपुर नगरपालिका –भीमदत्त (३, ११ र १७) बेदकोट (७ र १०), महाकाली (५, ६ र ७) शुक्लाफाँटा (३ र ८)

यस ब्यावसायिक तालिम दिनका लागि आंशिक समयमा काम गर्ने गरी केही सामुदायिक प्रशिक्षकको आवश्यकता भएकाले देहाय बमोजिमको योग्यता तथा अनुभव पुगेका इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आव्हान गरिएको छ ।

मुख्य काम, कर्तव्य र जिम्मेवारी न्यूनतम योग्यता
  • सहभागीहरुको छनौटका लागि सहजीकरण गर्ने ।
  • स्थानीयस्तरमा २ महिना (दैनिक २ घण्टा, शनिवार बाहेक) व्यावसायिक साक्षरता तालिम सञ्चालन गर्ने ।
  • तालिमको अघि र पछि सहभागीहरुको परीक्षा लिने ।
  • ब्यवसाय विकासका लागि सहभागीलाई सहजीकरण गर्ने ।
  • अनुगमन, मूल्याङकन र अध्ययनमा सहयोग, समन्वय ।
  • प्रविणता प्रमाण पत्र तह वा सो सरह उत्तिर्ण
  • अन्य संस्थामा पूर्णकालिन रुपमा कार्यरत नरहेको ।
  • ब्यावसायिक कार्यमा सहजीकरण गर्न सक्ने ।
  • सामाजिक परिचालन र कम्प्युटर एप्लिकेसनमा दक्षता।
  • विगतमा सामुदायिक प्रशिक्षक वा स्थानीय स्रोत व्यक्तिको रुपमा काम गरेका, महिला तथा पिछडिएका वर्ग र सम्बन्धित वडाका उमेदवारहरुलाई ग्राहयता ।

माथिको योग्यता र क्षमता भएका इच्छुक ब्यक्तिहरुले निवेदन, आफ्नो योग्यता प्रमाणित हुने कागजात र नेपाली नागरिकताको प्रतिलिपि सहित kisan2deprosc@gmail.com वा डिप्रोक्स नेपाल पो.व. नं १०९५३, काठमाण्डौं वा किसान २ परियोजनाका केन्द्रिय, क्षेत्रीय, क्लस्टर र एरिया कार्यालयहरुमा२०७५।१२।२६ कार्यालय समयभित्र आवेदन दिन सक्नुहुनेछ । प्रारम्भिक सूचीमा पर्न सफल उमेदवारहरुलाई मात्र लिखित र अन्तर्वार्ताका लागि सूचित गरी छनौट प्रकृयामा समावेश गरिनेछ । टेलिफोन सम्पर्कलाई निरुत्साहित गरिएको छ । उमेदवारहरुको चयन गर्ने वा नगर्ने वा यो आवश्यकता सम्बन्धी सूचना खारेज गर्ने समेतको अधिकार संस्थामा निहित रहने समेत जानकारी गराइन्छ । महिला र पछाडी पारिएका समुदायका उमेदवारहरुलाई प्रेरित गरिनेछ ।

Close Menu