Vacancy for Community Trainer

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएस्एआइडी) को सहयोगमा विनरक इन्टरनेशनलले कृषि क्षेत्रको समुत्थान, समावेशीकरण र आय वृद्धिमा दिगोपना ल्याउने उद्देश्यका साथ नेपालमा ज्ञानमा आधारित एकीकृत दिगो कृषि (किसान) २ परियोजना ४ वटा प्रदेशका २५ जिल्लाहरुमा सञ्चालन गरिरहेको छ । यस परियोजनाको व्यावसायिक साक्षरता सम्भागले १० महिने लामो तालिमको पहिलो चरणमा तल उल्लेखित क्षेत्रभित्रका ९४४ स्थानमा बसोबास गर्ने बीस हजार पाँच सय भन्दा बढी सहभागीहरुलाई कृषि व्यवसाय विकासका लागि विभिन्न विषयहरुमा तालिम प्रदान गरी ब्यवसायमा अग्रसर गराउंदैछ ।

प्रदेश जिल्ला गाउँपालिका, नगरपालिका र उपमहानगरपालिका । वडा नं. हरु कोष्ठमा राखिएको ।
मकवानपुर गाउँपालिका ( बागमती (१,२,६,८ र ९), कैलाश (६), इन्द्रसरोवर (२,४,५ र ७), मनहरी(१,६,७,८ र ९), भीमफेदी (६), गढी (५ र ६), बकैया (२,४,५,७ र ८)
नगरपालिका – थाहा (७, ८ , ११ र १२), हेटौंडा— (६, १३, १६ र १७)
काभ्रे नगरपालिका – पाँचखाल (२,४,१० र १२), धुलिखेल (१,२,३,५,६,८र ११), मण्डनदेउपुर (३,४ र७) नमोबुद्ध (१), बनेपा—(५,१० र १२), पनौती (१,२,३,४,५ र १२)
गाउँपालिका – बेथानचोक (१,२,३ र ४)
सिन्धुपाल्चोक नगरपालिका– मेलम्ची (१,२,३,४,६,९,१० र १२), हेलम्बु गा.पा.(२,३,४,५,६ र ७)
नुवाकोट गाउँपालिका – ककनी (२,४,५,६,७ र ८), लिखु (३ र ५), पञ्चकन्या (५), शिवपुरी (५र८)
नगरपालिका—बेलकोटगढी (१३)
कपिलबस्तु नगरपालिका –बुद्धभूमि (६ र १०), कपिलवस्तु (४, ५, ६, ८, १० र ११), बाणगंगा (२ र ३) र शिवराज (१, २, ३, ४, ५, ६, ७, ८, ९, १० र ११)
गाउँपालिका – विजयनगर (२, ३, ५, ६ र ७), महाराजगञ्ज (१, २, ४, ५, ६, ७, ८, ९, १० र ११), शुद्धोधन (२, ३ र ६), मायादेवी (१) र यशोधरा (१, २, ३, ५, ६, ७ र ८)
अर्घाखाँची नगरपालिका – भुमिकास्थान (८), सन्धिखर्क (१, ३ र १२)
गाउँपालिका – पाँणिनी (५)
पाल्पा नगरपालिका –तानसेन (९ र १४),
गाउँपालिका – बगनासकाली (४), रिब्दीकोट (६, ७ र ८) र मथागडी (२)
गुल्मी गाउँपालिका – धुरकोट (२,३,४,५)
दाङ्ग गाउँपालिका –दाङ्गीशरण (१,३,४,५,६ र ७), गढवा (२,३,४,५,६ र ७), राजपुर (१,२,४ र ५) शान्तीनगर (५) नगरपालिका–  लमही न.पा (२)
रोल्पा गाउँपालिका – रुन्तीगडी (२,३,४,५,६,७ र९), त्रिवेणी (२ र ४)
नगरपालिका –रोल्पा(१,२,३,६ र ७)
प्यूठान गाउँपालिका –गौमुखी (४,५,६ र ७), झिमरुक (६),
सल्यान गाउँपालिका – कपुरकोट (१,२,३,४,५ र ६), ढोरचौर (१ र३)
नगरपालिका –शारदा (१,२,६ र १३), बागचौर (६)
बाँके उप महानगरपालिका – नेपालगञ्ज (१३, १४ र १५),
गाउँपालिका ( खजुरा (२, ३ र ६), राप्तीसोनारी (२, ३, ५, ६ र ७), नरैनापुर (६), जानकी (३), डुडुवा (२ र ६) र बैजनाथ (२, ३, ५, ६, ७ र ८)
बर्दिया नगरपालिका ( मधुवन (१, २, ६, ७ र ९) बारबर्दिया (२, ४, ५, ६, ७, ८, १० र ११) ठाकुरबाबा (३, ४ र ८), वाँसगढी (५, ७ र ९) र गुलरिया (१, २, ४, ५, ८, ९ र १०)
गाउँपालिका – वढैयाताल (४, ५ र ९),
सुर्खेत नगरपालिका – गुर्भाकोट (२, ६ र ८), पञ्चपुरी (४, ६, ७ र ८), लेकवेसी (६, ७, ८ र ९) र वीरेन्द्रनगर (१३)
दैलेख नगरपालिका – नारायण (२, ४, ६ र ७)
गाउँपालिका – भगवतीमाई (६), नौमुले (२, ५ र ६), गुराँस (४) र ढुंगेश्वर (१, २, ४, ५ र ६)
जाजरकोट नगरपालिका – भेरी (४, ६, ७ र १०) र छेडागाड (५, ६, ९ र १०)
कैलाली नगरपालिका – टीकापुर (१, २, ३, ५ र ९), लम्कीचुहा (४ र ८) र भजनी (७ र ८)
गाउँपालिका (बर्दगोरिया (१, २ र ४), कैलारी (१, २, ३, ४, ५ र ७) र जोशीपुर (३, ४, ५ र ६)
कञ्चनपुर नगरपालिका – भीमदत्त (२)  बेदकोट (१, २, ४, ७ र १०), शुक्लाफाँटा (३, ४, ८, १० र १२), वेलौरी (५, ६, ८, ९ र १०), पुनर्वास (१ र २) र कृष्णपुर (१, २, ३, ५ र १०)


गाउँपालिका – बेलडाँडी (१ र २) र लालझाडी (५, ६ र ७)<
डडेलधुरा नगरपालिका – अमरगढी (१, २, ३, ५, ६, ७ र ९) र परशुराम (४, ५, ६, ९ र १२)
गाउँपालिका – नवदुर्गा (१ र २), अजयमेरु (१ र २) र गन्यापधुरा (२ र ३)
वैतडी नगरपालिका – दशरथचन्द (१, २, ४, ५, ८, ९ र ११) र पाटन (५ र ६)
गाउँपालिका – सुर्नया (३ र ४) र दोगडाकेदार (३ र ४)
अछाम नगरपालिका – मंगलसेन (३, ९ र १०), कमलवजार (४ र ६) र पञ्चदेवल विनायक (२ र ६)
गाउँपालिका – तुर्माखाँद (३, ४ र ६)
डोटी नगरपालिका – दिपायल सिलगढी (५, ७, ८ र ९) र शिखर (२ र १०),
गाउँपालिका – पुवीचौकी (४, ५, ६, ७ र ९), के.आई.सिं (६ र ७) र जोरायल (३, ४ र ६)

यस ब्यावसायिक तालिम दिनका लागि आंशिक समयमा काम गर्ने गरी केही सामुदायिक प्रशिक्षकको आवश्यकता भएकाले देहाय बमोजिमको योग्यता तथा अनुभव पुगेका इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आव्हान गरिएको छ । 

मुख्य काम, कर्तव्य र जिम्मेवारी न्यूनतम योग्यता क्षमता
  • सहभागीहरुको छनौटका लागि सहजीकरण गर्ने ।
  • स्थानीयस्तरमा १० महिना (दैनिक २ घण्टा, शनिवारबाहेक) व्यावसायिक साक्षरता तालिम सञ्चालन गर्ने ।
  • तालिमको अघि र पछि सहभागीहरुको परीक्षा लिने ।ब्यवसाय विकासका लागि सहभागीलाई सहजीकरण गर्ने ।
  • अनुगमन, मूल्याङकन र अध्ययनमा सहयोग, समन्वय ।
  • प्रविणता प्रमाण पत्र तह वा सो सरह उत्तिर्ण
  • अन्य संस्थामा पूर्णकालिन रुपमा कार्यरत नरहेको ।
  • ब्यावसायिक कार्यमा सहजीकरण गर्न सक्ने ।
  • सामाजिक परिचालन र कम्प्युटर एप्लिकेसनमा दक्षता।विगतमा सामुदायिक प्रशिक्षक वा स्थानीय स्रोत व्यक्तिको रुपमा काम गरेका र सम्बन्धित वडाका उमेदवारहरुलाई ग्राहयता ।
 

माथिको योग्यता र क्षमता भएका इच्छुक ब्यक्तिहरुले निवेदन, आप्mनो योग्यता प्रमाणित हुने कागजात र नेपाली नागरिकताको प्रतिलिपि सहित काम गर्न चाहेको जिल्ला विषय Subject  मा उल्लेख गरी [email protected]  वा डिप्रोक्स नेपाल पो.व. नं १०९५३, काठमाण्डौं वा किसान २ परियोजनाका केन्द्रिय, क्षेत्रीय, क्लस्टर र एरिया कार्यालयहरुमा २०७६।०७।१५ कार्यालय समयभित्र आवेदन दिन सक्नुहुनेछ । प्रारम्भिक सूचीमा पर्न सफल उमेदवारहरुलाई मात्र लिखित र अन्तर्वार्ताका लागि सूचित गरी छनौट प्रक्रियामा समावेश गरिनेछ । टेलिफोन सम्पर्कलाई निरुत्साहित गरिएको छ । उमेदवारहरुको चयन गर्ने वा नगर्ने वा यो आवश्यकता सम्बन्धी सूचना खारेज गर्ने समेतको अधिकार संस्थामा निहित रहने समेत जानकारी गराइन्छ । महिला र पछाडी पारिएका समुदायका उमेदवारहरुलाई प्रेरित गरिनेछ ।