MT Vacancy Short Course

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (USAID) को सहयोगमा विनरक इन्टरनेशनलले कृषि क्षेत्रको समुत्थान, समावेशीकरण र आय वृद्धिमा दिगोपना ल्याउने उद्देश्यका साथ नेपालमा ज्ञानमा आधारित एकीकृत दिगो कृषि (किसान) २ परियोजना ४ वटा प्रदेशका २५ जिल्लाहरुमा कार्यान्वयन गरिरहेको छ । यस परियोजना अन्तर्गतको व्यावसायिक साक्षरता सम्भागले हजारौं सहभागीलाई कृषि व्यवसाय विकासका विभिन्न विषयमा तालिम प्रदान गरी उनीहरूलाई ब्यवसायमा अग्रसर गराउंदैछ ।

सहभागीहरुलाई प्रदान गरिने ‘ब्यवसायविकास’ तालिमको ब्यवस्थापनको लागि प्रदेश नं ७ अन्तर्गत डडेलधुरा जिल्लाको लागि प्रशिक्षक आवश्यक भएकाले देहाय बमोजिमको योग्यता तथा अनुभव पुगेका इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आव्हान गरिएको छ ।

पदःप्रशिक्षक (Master Trainer)                                     संख्याः१

 गर्नुपर्ने कार्य:

  • सामुदायिक प्रशिक्षकहरुलाई प्रशिक्षण  (TOT),
  • सामुदायिक प्रशिक्षकहरुलाई व्यावसायिक साक्षरता तालिम सञ्चालनमा सहयोग,
  • तालिमको नियमित अनुगमन,
  • पूर्व परीक्षा र अन्तिम परीक्षाहरुको लागि सहजीकरण,
  • वरिष्ठ प्रशिक्षक र साक्षरता तथा ब्यावसायिक शीप विकास अधिकृत संगको समन्वयमा सम्भागका अन्यकार्यमा सहयोग,
  • तथ्याङ्क ब्यवस्थापन, अनुगमन, मूल्यांङ्कन र सिकाईका क्रियाकलापहरुमा जिम्मेवारी ।
योग्यताः

  • ब्यावसायिक कामको अनुभव भएको वा ब्यावसायिक कार्यमा सहजीकरण गर्न सक्ने,
  •  परियोजनाले दिने तालिमका विषय बस्तुबारे आधारभूत जानकारी भएको],
  • तालिम कार्यमा अनुभवी, सहजीकरण शीप भएको],
  • सामाजिक परिचालनको शीप भएको],
  • कम्प्युटर एप्लिकेसनबारे जानकार रहेको],
  • तथ्याङ्क ब्यवस्थापनमा अनुभवी, 
  • स्नातक उत्तीर्ण गरेको वा १०+२ उत्तीर्ण गरी दुई वर्षको कार्य अनुभवरहेको] 
  • २१ वर्ष पुरा भएको र धेरै स्थानमागई सहजीकरण गर्न सक्ने ।

 

उल्लेखित कार्य गर्न इच्छुक भई योग्यता पुगेका ब्यक्तिहरुले निवेदन आप्mनो योग्यता प्रमाणित हुने कागजात र नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि सहित kisan2deprosc@gmail.com अयmवा डिप्रोक्स नेपाल पो.व. नं १०९५३, काठमाण्डौं वा किसान २ परियोजनाका कार्यालयहरुमा २०७८/०१/१८ गते कार्यालय समय भित्र आवेदन दिन सक्नुहुनेछ । छोटो सूचीमा पर्न सफल उमेदवारहरुलाई मात्र लिखित र अन्तर्वार्ताका लागि सूचित गरी छनौट प्रकृयामा समावेश गरिनेछ । टेलिफोन सम्पर्कलाई निरुत्साहित गरिएको छ । उमेदवारहरुको चयन गर्ने, नगर्ने वा यो सूचना खारेज गर्ने समेतको अधिकार संस्थामा निहित रहने छ । महिला र पछाडी पारिएका समुदायका उमेदवारहरुलाई दरखास्त दिन प्रेरित गरिएको छ ।

 

पदपूर्ति समिति

डिप्रोक्स नेपाल

Close Menu