CT Vacancy Sixth Batch

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएस्एआइडी) को सहयोगमाविनरक इन्टरनेशनललेकृषि क्षेत्रको समुत्थान, समावेशीकरण र आय वृद्धिमा दिगोपना ल्याउने उद्देश्यका साथ नेपालमा ज्ञानमा आधारित एकीकृत दिगो कृषि (किसान) २ परियोजना ४ वटा प्रदेशका २५ जिल्लाहरुमा सञ्चालन गरिरहेको छ । यस परियोजनाको व्यावसायिक साक्षरता सम्भागले२  महिना लामो तालिमको छैटौंश्रृंखलामा तल उल्लेखित क्षेत्रभित्रका ३३४ स्थानमा बसोबास गर्नेसातहजार तीन सय भन्दा बढीसहभागीहरुलाई कृषि व्यवसाय विकासकालागि विभिन्न विषयहरुमा तालिम प्रदान गरी ब्यवसायमा अग्रसर गराउंदैछ ।

प्रदेश जिल्ला गाउँपालिका, नगरपालिका उपमहानगरपालिका वडा नं. हरु कोष्ठमा राखिएको
बागमती सिन्धुपाल्चोक मेलम्ची नगरपालिका(६,८र ११)इन्दावती गाउँपालिका (१ ,२ ,३ ,४, ५, ६)
काभ्रे पनौती नगरपालिका (३ र ९), बनेपा नगरपालिका(१,२ ३ र ४), मन्डनदेउपुर नगरपालिका(९ र १०), पाँचखाल नगरपालिका(६)
नुवाकोट लिखु गाउँपालिका (१,२ र ४), शिवपुरी गाउँपालिका (२), वेलकोटगढी नगरपालिका(१०, ११ र १२), पञ्चकन्या (१ र २)
मकवानपुर मनहरी गाउँपालिका (२,३ र ४)
लुम्बिनी कपिलबस्तु बाणगंगा नगरपालिका(२,३,४,१०,११) कपिलबस्तु नगरपालिका(६,१०,११)
पाल्पा रामपुर नगरपालिका(६,७,८),बगनाशकाली गाउँपालिका (२,३,८),रम्भा गाउँपालिका (६),तानसेन नगरपालिका(१३,१४)
अर्घाखाँची भुमिकास्थान नगरपालिका(६,९,१०) सन्धीखर्र्क नगरपालिका(५,११),पाणिनी गाउँपालिका(६)
रुकुम मुसीकोट नगरपालिका (२ ,३, १३ र १४)
दाङ्ग गढवा गाउँपालिका (२, ३, ४, ५ र ६), राप्ती गाउँपालिका (२,र ३) बबइ गाउँपालिका (६ र ७) र शान्तिनगर गाउँपालिका (१, ५, ६ र ७)
बाँके बैजनाथ गाउँपालिका (८) राप्तीसोनारी (२,३,५,६ र ७)
बर्दिया गुलरिया नगरपालिका (४), मधुवन नगरपालिका (६ र ७ंं), राजापुर नगरपालिका (२,५, ६ र ७), बाँसगढी नगरपालिका (४, ६ र ८ं), बारबर्दिया नगरपालिका (१०) ठाकुरबाबा नगरपालिका (२,४ र ८) बढैयाताल (३,४ र ५)
कर्णाली सुर्खेत गुर्भाकोट नगरपालिका (२,५,६,९ र १२), भेरीगंगा नगरपालिका (३,४ र ५)
दैलेख महाबु (१ र २ं)
सुदुरपश्चिम कञ्चनपुर कृष्णपुर नगरपालिका (२ र ३), शुक्लाफाँटा नगरपालिका (२,३,४,५,७,८ र १०) बेलौरी नगरपालिका (२,३,४, ५ र ८), बेलडाँडी नगरपालिका (३ र ४), पुनर्वास नगरपालिका (१), लालझाँडी (२)
डडेल्धुरा अमरगढी (२,७,९ र १०), आलिताल (१) अजयमेरु (१,२), गन्यापधुरा (१)
डोटी दिपायल (२,५ र ९ं), के.आई.सिंह (३,५ र ७) शिखर (१,२,३ र ४)

यस ब्यावसायिक साक्षरता तालिम दिनका लागि आंशिक समयमा काम गर्ने गरी केही सामुदायिक प्रशिक्षकको आवश्यकता भएकाले देहाय बमोजिमको योग्यता तथा अनुभव पुगेका इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आव्हान गरिएको छ ।

मुख्य काम, कर्तव्य जिम्मेवारी न्यूनतम योग्यता क्षमता
  • सहभागीहरुको छनौटका लागि सहजीकरण गर्ने ।
  • स्थानीयस्तरमा२ महिना (दैनिक २ घण्टा, शनिवारबाहेक) व्यावसायिक साक्षरता तालिम सञ्चालन गर्ने ।
  • तालिमको अघि र पछि सहभागीहरुको परीक्षा लिने ।
  • ब्यवसाय विकासका लागि सहभागीलाई सहजीकरण गर्ने ।
  • अनुगमन, मूल्याङकन र अध्ययनमा सहयोग, समन्वय ।
  • प्रविणता प्रमाण पत्र तह वा सो सरह उत्तिर्ण ।
  • अन्य संस्थामा पूर्णकालीन रुपमा कार्यरत नरहेको ।
  • ब्यावसायिक कार्यमा सहजीकरण गर्न सक्ने ।
  • सामाजिक परिचालन र कम्प्युटर एप्लिकेसनमा दक्षता।
  • विगतमा सामुदायिक प्रशिक्षक वा स्थानीय स्रोत व्यक्तिको रुपमा काम गरेका र सम्बन्धित वडाका उमेदवारहरुलाई प्राथमिकता ।

माथिको योग्यता र क्षमता भएका इच्छुक ब्यक्तिहरुले निवेदन, आप्mनो योग्यता प्रमाणित हुने कागजात र नेपाली नागरिकताको प्रतिलिपि सहित [email protected] वा डिप्रोक्स नेपाल पो.व. नं १०९५३, काठमाण्डौं वा किसान २ परियोजनाका केन्द्रिय, क्षेत्रीय, क्लस्टर र एरिया कार्यालयहरुमा२०७७।०८।१७कार्यालय समयभित्र आवेदन दिन सक्नुहुनेछ । प्रारम्भिक सूचीमा पर्न सफल उमेदवारहरुलाईमात्र लिखित र अन्तर्वार्ताका लागि सूचित गरी छनौट प्रक्रियामा समावेश गरिनेछ । टेलिफोन सम्पर्कलाई निरुत्साहितगरिएको छ । उमेदवारहरुको चयन गर्ने वा नगर्ने वा यो आवश्यकता सम्बन्धी सूचना खारेज गर्ने समेतको अधिकार संस्थामा निहित रहने समेत जानकारी गराइन्छ । महिला र पछाडी पारिएका समुदायका उमेदवारहरुलाई प्रेरित गरिनेछ ।