CT Vacancy – M6 8h batch

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएस्एआइडी) को सहयोगमा विनरक इन्टरनेशनलले कृषि क्षेत्रको समुत्थान, समावेशीकरण र आय वृद्धिमा दिगोपना ल्याउने उद्देश्यका साथ नेपालमा ज्ञानमा आधारित एकीकृत दिगो कृषि (किसान) २ परियोजना ४ वटा प्रदेशका १४ जिल्लामा सञ्चालन गरिरहेको छ । यस परियोजनाको व्यावसायिक साक्षरता सम्भाग ४ ले तालिमको आठौं तथा अन्तिम चरणमा तल उल्लेखित क्षेत्रभित्रका करिव ५०० स्थानमा बसोबास गर्ने ६ हजार भन्दा बढी सहभागीहरुलाई कृषि व्यवसाय विकासका लागि विभिन्न विषयहरुमा २ महिने लामो तालिम प्रदान गरी ब्यवसायमा अग्रसर गराउंदैछ ।

प्रदेश जिल्ला गाउँपालिका, नगरपालिका उपमहानगरपालिका वडा नं. हरु कोष्ठमा राखिएको
बागमती काभ्रे नगरपालिका– बेथानचोक (६ र ७), पाँचखाल (१२, )मण्डनदेउपुर (९ र १०)  धुलिखेल (२) बनेपा (१ र २), पनौती (११ र १२)
नुवाकोट गाउँपालिका– दुप्चेश्वर (५, ६ र ७) ककनि (४), लिखु (६),  पञ्चकन्या (२), तारकेश्वर(२)ं

नगरपालिका– वेलकोटगढी (१,७,१० र १२)

मकवानपुर मनहरी गाउँपालिका– (६, ७ , ८ र ९) थाहा नगरपालिका– (१,३,४,९,१० र ११ )
 

लुम्बिनी प्रदेश

कपिलबस्तु नगरपालिका– बाणगंगा (१,३,४,५,६,८,१० र ११ ) कपिलबस्तु (४,९ र १०) बुद्धभूमि (१,३,८ र ९) गाउँपालिका– यशोधरा (३,७ र ८)
पाल्पा गाउँपालिका– माथागढी (३), रैनादेबि छहरा ( २ र ५), रिब्दीकोट  (१,२,३,४,५,६ र ७ )
अर्घाखाँची नगरपालिका– भुमिकास्थान (५,६ र ७ ),सन्धीखर्र्क (४ र ६ ), गाउँपालिका–मालारानि (४)
दाङ्ग उप महानगरपालिका घोराही (७, ८, १०, १३ र १६ ), नगरपालिका लमही (१, २, ३, ४ र ५ )  गाउँपालिका – शान्तीनगर (२), राप्ती (१, २, ५ र ८ ) र गढवा ( ५ र ६ )
बाँके गाउँपालिका – राप्ति सोनारी (३, ४, ५, ६ र ७) खजुरा (२,३,५,६ र ७) बैजनाथ (२,३,४,६, र ८) जानकी (१, ३, ४ र ५)
बर्दिया नगरपालिका – राजापुर – (६, ८ र १०), मधुवन (७, र ९) गुलरिया (१, ४, ८ र १०) बारबर्दिया (४, ६, ९, १० र ११) बाँसगढी (२, ३, ४ र ५) ठाकुरबाबा (३, ४, ५, र ७)

गाउँपालिका – बढैयाताल (४, ५, ६, ७, र ८)

कर्णाली प्रदेश सुर्खेत गाउँपालिका – बराहताल १०,  नगरपालिका– गुर्भाकोट (१, २, ५, ६, र ८) ,

वीरेन्द्रनगर (९,१०,११ र १२)

सुदुरपश्चिम

प्रदेश

कन्चनपुर नगरपालिका– बेलौरी (१, २, ३, ४, ५, ७ र ८), कृष्णपुर (२, ३, ४, ५, ६, ७ र ८), शुक्लाफाटा (३ र ४), भिमदत्त (२, ३, १२ र १९), बेदकोट (३, ६, ७ र १०)

गाउँपालिका–  बेलडाडी (३),

कैलाली नगरपालिका– भजनी (३, ४ र ७), गोदावरी (३, र १०), घोडाघोडी (५ र ७), टिकापुर (१, २, ४ र ५)

गाउँपालिका –जोशीपुर (४, ५ र ६)

 

यस ब्यावसायिक तालिम दिनका लागि आंशिक समयमा काम गर्ने गरी केही सामुदायिक प्रशिक्षकको आवश्यकता भएकाले देहाय बमोजिमको योग्यता तथा अनुभव पुगेका इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आव्हान गरिएको छ ।

मुख्य काम, कर्तव्य जिम्मेवारी      न्यूनतम योग्यता क्षमता
· सहभागीहरुको छनौटका लागि सहजीकरण गर्ने ।

· स्थानीयस्तरमा२ महिना (दैनिक १.५ घण्टा, शनिवारबाहेक) व्यावसायिक साक्षरता तालिम सञ्चालन गर्ने ।

· तालिमको अघि र पछि सहभागीहरुको परीक्षा लिने ।

· ब्यवसाय विकासका लागि सहभागीलाई सहजीकरण गर्ने ।  

· अनुगमन, मूल्याङकन र अध्ययनमा सहयोग, समन्वय ।

· प्रविणता प्रमाण पत्र तह वा सो सरह उत्तिर्ण 

· अन्य संस्थामा पूर्णकालिन रुपमा कार्यरत नरहेको ।

· ब्यावसायिक कार्यमा सहजीकरण गर्न सक्ने ।

· सामाजिक परिचालन र कम्प्युटर एप्लिकेसनमा दक्षता।

· विगतमा सामुदायिक प्रशिक्षक वा स्थानीय स्रोत व्यक्तिको रुपमा काम गरेका र सम्बन्धित वडाका उमेदवारहरुलाई ग्राहयता ।

माथिको योग्यता र क्षमता भएका इच्छुक ब्यक्तिहरुले निवेदन, आप्mनो योग्यता प्रमाणित हुने कागजात र नेपाली नागरिकताको प्रतिलिपि सहित [email protected]  वा डिप्रोक्स नेपाल पो.व. नं १०९५३, काठमाण्डौं वा किसान २ परियोजनाका केन्द्रिय, क्षेत्रीय, क्लस्टर र एरिया कार्यालयहरुमा २०७८।०६।२९ कार्यालय समयभित्र आवेदन दिन सक्नुहुनेछ । प्रारम्भिक सूचीमा पर्न सफल उमेदवारहरुलाईमात्र लिखित र अन्तर्वार्ताका लागि सूचित गरी छनौट प्रक्रियामा समावेश गरिनेछ । टेलिफोन सम्पर्कलाई निरुत्साहितगरिएको छ । उमेदवारहरुको चयन गर्ने वा नगर्ने वा यो आवश्यकता सम्बन्धी सूचना खारेज गर्ने समेतको अधिकार संस्थामा निहित रहने समेत जानकारी गराइन्छ । महिला र पछाडी पारिएका समुदायका उमेदवारहरुलाई प्रेरित गरिनेछ ।

 

पदपूर्ती समिति

डिप्रोक्स नेपाल